
नेपाली भूमिमा प्रवेश गरेर बालुवा उत्खनन् गरिरहेका भारतीय बालुवा तस्करले पर्सामा नेपालका सुरक्षाकर्मीमाथि भालाले आक्रमण गरेका छन् ।
गैरकानुनी रुपमा नेपालको बालुवा तस्करी गरेर भारत लैजान खोज्ने तस्करलाई रोक्न खोज्दा प्रहरीमाथि आक्रमण भएको हो । घरेलु हातहतियारसहित आएका बालुवा तस्करको आक्रमणमा परी दुई जना सशस्त्र प्रहरी गम्भीर घाइते भएका छन् ।
घाइते प्रहरीलाई उपचारका लागि काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पठाइएको सशस्त्र प्रहरी बल १३ नम्बर गणले जनाएको खबर तुलसी भण्डारीको बाइलाइनमा शनिबारको राजधानी दैनिकमा प्रकाशित छ ।