newskoseli.Com

ओली समूहका ९ विभाग : को–को भए प्रमुख ? बादल खुम्चिए सदस्यमा मात्रै ! (प्रमुख र सदस्यहरूको नामसहित)

नेकपा एमालेका अध्यक्ष खड्ग ओली पक्षले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको सहमति र सहभागिताविनै एकलौटीरूपमा सोमबार विभिन्न ९ वटा केन्द्रीय विभागहरू गठन गरेको छ । तत्कालीन माओवादीमा महासचिव समेत रहिसकेर अहिले ओली समूह प्रवेश गरेका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भने कुनै विभागको प्रमुख समेत नबनाई सदस्य मात्रै बनाइएको छ ।

अध्यक्ष ओली स्वयंले पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारी लिएका छन् र बादललाई सोही विभागको सदस्यमा सीमित गरिएको छ । अन्य सदस्यमा प्रदीप ज्ञवाली, राजेन्द्र रावल, शंकर पोखरेल, बिन्दा पाण्डे, लालबाबु यादव, बालकृष्ण ढुंगेल, राधा ज्ञवाली र युवराज कार्की रहेका छन् भने ईश्वर रिजाललाई उक्त विभागको सचिव बनाइएको छ ।

ओली समूहको स्थायी कमिटीको सोमबारकै बैठकले प्रदीप ज्ञवालीको संयोजकत्वमा १९ सदस्यीय प्रचार विभाग गठन गरेको छ । उक्त विभागको उपप्रमुख सूर्य थापा रहेका छन् भने सदस्यहरूमा रामकृष्ण ज्ञवाली, माधव विद्रोही, शीतल शाह, माधव नेपाल, डीआर घिमिरे, सूर्यमणि गौतम, रोशन खड्का, इन्द्रमान बुढा, राजेन्द्र अर्याल, गगन विष्ट, गणेश बस्नेत, निर्मल शर्मा, यशोदा तिम्सिना, प्रमोद दाहाल, राजु लामा, मधु शाही र गणेश पाण्डे रहेका छन् ।

यसैगरी ओली समूहले संगठन विभागको प्रमुखमा उपमहासचिव विष्णु पौडेल, संसदीय विभागको प्रमुखमा सुवास नेम्बाङ, आर्थिक विभागको प्रमुखमा विष्णु रिमाल, पर्यटन प्रवर्द्धन विभागको प्रमुखमा भानुभक्त ढकाल, विदेश विभागको प्रमुखमा राजन भट्टराई, निर्वाचन विभागको प्रमुखमा अग्नि खरेल र स्थानीय तह विभागको प्रमुखमा देवेन्द्र दाहाललाई चयन गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर