newskoseli.Com

नेतृत्व हत्याउन ओलीलाई नै सहज, ईश्वर–सुवासहरुलाई असहज !

नेकपा (एमाले) को दसौं महाधिवेशनमा अध्यक्ष खड्ग ओलीका लागि पुनः नेतृत्वमा दोहोरिन सहज हुने देखिएको छ । सो पार्टीभित्र नेतृत्वका दावेदार ओलीको बलियो प्रतिस्पर्धी नभएको अवस्था र विधान संशोधनलगायतका विषयले उनलाई अध्यक्षमा दोहोरिन सहज हुने भएको हो ।

नेतृत्वका आकांक्षी देखिएका महासचिव ईश्वर पोखरेल र सुवास नेम्बाङका लागि भने अवस्था असहज हुने देखिएको छ । विधानमा एउटै पदमा दुई कार्यकालभन्दा बढी रहन नपाइने उल्लेख भएपछि महासचिव पोखरेलका लागि अब उपाध्यक्षबाहेक अर्को विकल्प देखिएको छैन भने सुवास नेम्बाङ पनि उपाध्यक्षमै थन्किनुपर्ने अवस्था आएको छ ।

६९ वर्ष टेक्न लागेका पोखरेलका लागि पार्टीको नेतृत्व दावी गर्ने अवसर दसौं महाधिवेशन मात्रै हो । तर, मंसिरमा महाधिवेशन हुँदा फागुनमा ७० वर्ष पुग्ने ओली आफैंले अध्यक्ष हुने इच्छा व्यक्त गर्ने निश्चितै छ र पोखरेलका लागि अध्यक्ष हुने ढोका जीवनभरकै लागि बन्द हुनेछ । पार्टी नेतृत्व हत्याउने चाहना राखेका नेम्बाङ पनि अध्यक्ष हुनबाट जीवनभर नै वञ्चित हुने देखिएको छ ।

अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल पनि दसौं महाधिवेशनबाट उपाध्यक्षमै थन्किनुपर्ने बाध्यता देखिएको छ । माओवादीबाट एमाले छिरेका रामबहादुर थापा ‘बादल’ का लागि पनि सो पार्टीमा अर्को पद छैन ।

‘अहिलेसम्मको अवस्था हेर्दा फेरि एकपटक नेतृत्व हत्याउन ओलीलाई नै सहज हुने देखिएको छ, दसौं महाधिवेशनमा पनि ओलीले नै अध्यक्षका लागि उम्मेदवारी दिनेछन् तर फागुनपछि के गर्ने भन्नेबारे पार्टीले पछि नै निर्णय गर्ला’– ओली निकट एक नेताले भने । केन्द्रीय कमिटीको आइतबारको बैठकमा नेताहरूको व्यवस्थापनका लागि ‘सात उपाध्यक्षको प्रस्ताव’ लाई आफूले ‘सकारात्मक’ रुपमा लिएको जानकारी ओलीले दिएका थिए ।

अहिलेको अवस्था हेर्दा ७० वर्षे उमेरहद कायम राखेर विधान महाधिवेशन हुने भएको छ । विधान महाधिवेशनअघि तीन दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकमा बहुमत केन्द्रीय सदस्यले ७० वर्षे उमेरहद कायमै राख्नुपर्ने सुझाव दिएको खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर