newskoseli.Com

सरकारी काममै व्यस्त देउवा : कांग्रेस महाधिवेशन ओझेलमा

नेपाली कांग्रेसले सत्ताको नेतृत्व लिएपछि सो पार्टीको १४औं महाधिवेशन ओझेलमा परेको छ । सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पार्टी कामभन्दा सरकार र सत्ता गठबन्धनका बैठकमा बढ्ता व्यस्त हुँदै गएपछि कांग्रेसको निर्धारित महाधिवेशन ओझेलमा परेको हो ।

सत्ताको किचलो बारम्बार बल्झिरहेर मन्त्रिपरिषद् विस्तारमा समेत निकै समय लागेपछि देउवाले पार्टीका काममा समय दिन सकेका छैनन् । कहिले दल विभाजन अध्यादेश किचलो त कहिले सोही अध्यादेश फिर्ता गर्नुपर्ने गठबन्धनकै अडानका कारण सरकार विस्तार ढिला हुँदा देउवा पार्टीका काममा भन्दा सरकार र गठबन्धनका काममा अल्झँदै आएकाले कांग्रेस महाधिवेशन नै ओझेलमा परेको खबर राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर