newskoseli.Com

फोन गर्दै नेता फकाउँदै : सरकारको पूर्णतापछिका परकम्प

मन्त्री चयनलाई लिएर सुरु भएको आक्रोश मत्थर तुल्याउन जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले असन्तुष्ट नेताहरूलाई फकाउन सुरु गरेका छन् । अध्यक्ष यादवविरुद्ध अघिल्लो साता प्रदीप यादवका समर्थकहरूले बालकुमारीस्थित पार्टी कार्यालयमै नाराबाजी गरेका थिए।

त्यसअघि प्रदीपका समर्थकले वीरगञ्जमा अध्यक्ष यादवको पुतला जलाएका थिए । मन्त्री चयन गरेको विषयमा प्रदीप यादव र प्रमोद साह आक्रोशित भएका छन् । लुम्बनी प्रदेशबाट कसैलाई पनि मन्त्री नबनाएको भन्दै नेताद्वय इस्तियाक राई र अमृता अग्रहरि पनि असन्तुष्ट छन् ।

स्रोतका अनुसार अध्यक्ष यादवले असन्तुष्ट नेताहरूलाई फोन गरेर फकाउन थालेका छन् । आफूलाई अध्यक्षले फोन गरेर घुमाउरो किसिमबाट गल्ती भएको जनाएको प्रमोद साहले बताए । ‘अध्यक्षज्यूले नहुनुपर्ने भयो, तपाईंलाई सरकारमा पठाउन सकिनँ भन्नुभयो,’ साहले भने– ‘यसबाट अध्यक्षज्यूले कतैबाट गल्ती गराइयो भन्ने महसुस गरेको जस्तो देखियो ।’

जसपामा देखिएको मन्त्रिपरिषद विस्तारको परकम्पसम्बन्धी यो खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर