newskoseli.Com

बेमौसमी बाढीपहिरो : ८७ को मृत्यु, २८ बेपत्ता

बेमौससी वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोले ८७ जनाको ज्यान गएको छ । बाढीपहिरोमा परेका २८ जना बेपत्ता छन् भने १२ जना घाइते भएका छन् ।

बाढीपहिरोका कारण ३० वटा घर पूर्ण क्षति भएका छन् भने १ सयभन्दा बढी चौपाया पनि मरेका छन् । नेपाल प्रहरीका अनुसार ६ सय ६९ घर डुबानमा परेका छन्, ५० घरमा पानी पसेको छ ।

बुधबारको विवरणअनुसार मात्रै पनि पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरो र खोलाले बगाउँदा २१ जनाको ज्यान गएको छ । त्यहाँका ३ जना बेपत्ता छन् भने पहिरोले पुरेर इलाममा समेत ११ जनाको मृत्यु भएको छ ।खोलाको भेलले बगाएर थप एक र रूखले किचेर अर्का एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

बाढी र पहिरोबाट ४० भन्दा बढी जिल्ला प्रभावित छन् । नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरका अनुसार बाढी र पहिरोमा परी प्रदेश– १ मा ५३, बागमती प्रदेशमा १, सुदूरपश्चिममा २६ र कर्णालीमा ७ जनाले ज्यान गुमाएका छन् । सुर्खेत, कैलाली र इटहरीलाई केन्द्र बनाएर सेनाको हेलिकप्टरबाट घाइतेको उद्धार भइरहेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताएको खबर बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर