दैनिक जीवनको व्यस्तता, कामको चाप, अध्ययनको तनाव तथा शारीरिक सक्रियताले भरिएको आधुनिक जीवनशैलीमा मानिसहरू आफूलाई ऊर्जावान् र सक्रिय राख्न चाहन्छन् । यही आवश्यकतालाई लक्षित गर्दै नेपाली बजारमा उदाएको र लोकप्रिय बन्दै गएको ब्रान्ड हो – एक्स्ट्रिम इनर्जी ड्रिंक।
एग्रो थाई फुड्स प्रा.लि. द्वारा नेपालमै उत्पादन हुने एक्स्ट्रिम इनर्जी ड्रिंकले छोटो समयमै देशभर आफ्नो बलियो पहिचान बनाउन सफल भएको छ। स्वदेशी उद्योगद्वारा उत्पादन हुने भएकाले यसले नेपाली अर्थतन्त्र, रोजगारी र औद्योगिक विकासमा समेत योगदान पुर्याइरहेको छ।
एक्स्ट्रिम इनर्जी ड्रिंक रोज्नुका धेरै कारण छन्। पहिलो, यो नेपाली उत्पादन हो। स्वदेशी उद्योगको प्रवर्द्धनले आयातमा निर्भरता कम गर्नुका साथै देशभित्रै रोजगारी सिर्जना गर्न मद्दत गर्दछ। कम्पनीका अनुसार प्रत्यक्ष तथा अप्रत्यक्ष गरी २० हजारभन्दा बढी व्यक्तिले यससँग सम्बन्धित विभिन्न क्षेत्रमा रोजगारी प्राप्त गरेका छन्।
दोस्रो, यसको व्यापक उपलब्धता हो। काठमाडौं, पोखरा, चितवन, विराटनगर लगायतका प्रमुख शहरदेखि ग्रामीण बजारसम्म सहज रूपमा उपलब्ध हुने भएकाले उपभोक्ताले सजिलै प्राप्त गर्न सक्छन् । अझ आकर्षक प्याकेजिङ, प्रभावकारी विज्ञापन तथा सामाजिक सञ्जालमार्फत गरिएको बजार विस्तारले यसलाई युवापुस्तामाझ लोकप्रिय बनाएको छ।
तेस्रो, स्वास्थ्यप्रति सचेत र सक्रिय जीवनशैली अपनाउने व्यक्तिहरूको आवश्यकता अनुसार तयार गरिएको ऊर्जा पेयका रूपमा यसले आफ्नो स्थान बनाएको छ। जिम जाने युवा, खेलाडी, यात्रामा रहने व्यक्ति, लामो समय अध्ययन गर्ने विद्यार्थी तथा विभिन्न पेशामा संलग्न व्यक्तिहरूले यसलाई ऊर्जा प्रदान गर्ने पेयका रूपमा प्रयोग गर्दै आएका छन् ।
ऊर्जा पेयबारे धेरै भ्रमहरू पनि रहेका छन्। धेरै मानिसहरू ऊर्जा पेयमा कफीभन्दा धेरै क्याफिन हुन्छ भन्ने सोच्छन्। तर वास्तविकता त्यस्तो छैन। एक कप कफीमा सामान्यतया ८० देखि १०० मिलिग्रामसम्म क्याफिन हुन सक्छ भने ऊर्जा पेयमा नियामक निकायले तोकेको सीमा भित्र मात्र क्याफिन प्रयोग गरिन्छ।
त्यस्तै, टाउरिनलाई लिएर पनि गलत धारणा पाइन्छ। वास्तवमा टाउरिन शरीरमै प्राकृतिक रूपमा उत्पादन हुने तत्व हो, जसले स्नायु प्रणाली तथा मस्तिष्कको कार्यक्षमता कायम राख्न मद्दत गर्छ।
ऊर्जा पेयमा पाइने भिटामिन B3, B6 र B12 शरीरको ऊर्जा उत्पादन प्रक्रियामा महत्वपूर्ण मानिन्छन्। यी पानीमा घुल्ने भिटामिन भएकाले शरीरमा बढी भएमा प्राकृतिक रूपमा बाहिर निस्कन्छन्। यसले थकान कम गर्न र कार्यक्षमता कायम राख्न सहयोग पुर्याउँछ।
अर्को भ्रम भनेको चिनीलाई लिएर हो। चिनीलाई सबै समस्याको कारण ठान्ने प्रवृत्ति पाइन्छ। तर ग्लुकोज मस्तिष्कका लागि आवश्यक ऊर्जा स्रोत हो। शारीरिक श्रम, अध्ययन वा लामो समय काम गर्दा शरीरलाई तत्काल ऊर्जा आवश्यक पर्न सक्छ। आधुनिक ऊर्जा पेयहरूमा विभिन्न स्वाद र आवश्यकताअनुसार चिनीको मात्रा निर्धारण गरिएको हुन्छ भने केही उत्पादनमा चिनीरहित विकल्प पनि उपलब्ध छन् ।
एक्स्ट्रिम इनर्जी ड्रिंकले विश्वस्तरीय उत्पादन मापदण्ड, गुणस्तर नियन्त्रण र आधुनिक उत्पादन प्रक्रियालाई अपनाएको कम्पनीको दाबी छ। यही कारणले यसले उपभोक्तामाझ विश्वास निर्माण गर्न सफल भएको देखिन्छ।
यद्यपि कुनै पनि ऊर्जा पेय पदार्थहरू जिम्मेवारीपूर्वक र केही सावधानीसाथ सेवन गर्नुपर्छ। विशेष गरी बालबालिका, गर्भवती महिला तथा दीर्घरोगी व्यक्तिहरूले चिकित्सकीय सल्लाहबिना सेवन गर्नु उपयुक्त हुँदैन। एक्स्ट्रिम इनर्जी ड्रिंकलाई पनि यसरी नै लिइनुपर्दछ ।
स्वदेशी उत्पादनलाई समर्थन गर्ने, प्रवर्द्धन गर्ने, ऊर्जा र सक्रियता खोज्ने तथा गुणस्तरीय विकल्प रोज्न चाहनेहरूका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक एक उपयुक्त विकल्प हो । यसै कारण यो लोकप्रिय छनोटका रूपमा स्थापित हुँदै गएको पनि छ ।
आज धेरैले प्रश्न गर्छन्- ‘किन खाने एक्स्ट्रिम ड्रिंक?’ र यसको सहज र स्पष्ट उत्तर हुन्छ- स्वदेशी उत्पादन, सबैको रोजाई, व्यापक पहुँच, गुणस्तरप्रति विश्वास र सक्रिय जीवनशैलीसँगको सम्बन्ध । हो त्यसैले निर्धक्क भएर एक्स्ट्रिम ड्रिंक पिउँ, अगाडि बढौँ ।








