newskoseli.Com

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा ६० सेकेन्डको पल्सदर

एनसेलले २ भदाैदेखि लागू हुने गरी १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलको पल्सदर परिवर्तन गरेको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको साउन २२, २०८३ को स्वीकृति बमोजिम एनसेलले ६० सेकेन्डको नयाँ पल्सदर लागू गरेको हो ।

दूरसञ्चार ऐन, २०५३ को दफा ४२ अनुसार प्राधिकरणले एनसेलको नयाँ पल्सदरका लागि निर्णयानुसार स्वीकृति प्रदान गरेको हो । प्राधिकरणको स्वीकृतिबमोजिम अब अष्ट्रेलिया, बहराइन, क्यानडा, अमेरिका, चीन, फिनल्याण्ड, डेनमार्क, फ्रान्स, जर्मनी, भारत, हङकङ, ईटाली, जापान, साउथ कोरिया, लेवनान, मलेसिया, न्युजिल्याण्ड, नर्वे, पाकिस्तान, पोल्याण्ड, कतार, रसिया, रोमानिया, साउदी अरेयिबा, सिङ्गापुर, साउथ अफ्रिका, स्पेन, स्वीडेन, स्विटजरल्याण्ड, ताइवान, थाइल्याण्ड, टर्की, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य, मेक्सिको, लिबियालगायतका गन्तव्य मुलुकहरुमा यो नयाँ पल्स दर लागू भएको छ ।

नयाँ पल्सदर कायम भएका सबै मुलुकहरुको पूरा सूची, कल तथा एसएमएसको शुल्क एनसेल वेबसाइटको ‘इन्टरनेसनल कल एन्ड एसएमएस रेट’ खण्डमा समेत हेर्न सकिने कम्पनीले जनाएकाे छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर