सो स्वास्थ्यचौकीको बुधबार बसेको व्यवस्थापन समितिको बैठकले एम्बुलेन्स पटकपटक बिग्रिएको र दुर्घटनासमेत भएको हुँदा त्यसको मर्मतका लागि कुनै रकम नभएका कारण एम्बुलेन्स स्वास्थ्य कार्यालयलाई नै बुझाइदिने निर्णय गरेको थर्पु स्वास्थ्यचौकीका इन्चार्ज गोविन्द खनालले
बताए ।
बिग्रिएको एम्बुलेन्स मर्मतका लागि कुनै आर्थिक स्रोत नभएको र त्यसै थन्काएर
राख्नुभन्दा जिल्ला स्वास्थ्य कार्यालयलाई नै बुझाई दिए केही काम लाग्छ कि भनेर यस्तो निर्णय गरिएको उनले जानकारी दिए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०६६ सालको मङ्सिरमा थर्पु स्वास्थ्यचौकीलाई सो एम्बुलेन्स उपलब्ध गराएको थियो । पृथ्वी राजमार्गमै रहेको थर्पु स्वास्थ्यचौकीको उक्त एम्बुलेन्सले राजमार्गमा भएका सवारी दुर्घटनाका घाइतेलाई अस्पताल लैजान निकै सहयोग पुगेको थियो । तर एम्बुलेन्स पटक–पटक बिग्रिएको र मर्मतका लागि कसैले पनि चासो नदिएका कारण एम्बुलेन्स हाल सञ्चालन नभई त्यसै थन्किएको छ । रासस