काभ्रेपलाञ्चोकमा किसानलाई किसान सिम कार्डसहित विभिन्न उपकरण बुधबार वितरण गरेको छ ।
धुलिखेलमा आयोजना भएको वितरण कार्यक्रममा जलवायु समुत्थान आयोजनामार्फत करिव २५ हजार रूपैंया बराबरको वर्षा मापन यन्त्र, थर्र्मामिटर जिल्ला पशु कार्यालयको सिफारिसमा १७ जना र जिल्ला कृषि विकास कार्यालयको सिफारिसमा २६ ...बाँकी
काठमाडौँको भृकुटीमण्डपमा तेस्रो अन्तर्राष्ट्रिय पुष्प मेला प्रदर्शनी हुनेभएको छ ।
कृषि विकास मन्त्रालय र फ्लोरिकल्चर एसोसिएसन नेपालको संयुक्त आयोजनामा चैत १७ देखि २० गतेसम्म आयोजना हुने सो मेलामा चीन, बङ्गलादेश, श्रीलङ्का, भारत र दक्षिण कोरियाको सहभागिता हुने जनाएको छ ।
‘शान्ति समृद्धि...बाँकी
जिल्ला कृषि विकास कार्यालय, कास्कीले ७५ प्रतिशत अनुदानमा कास्कीका कृषकलाई उन्नत जातका मकैको बीउ वितरण गरेको छ । मध्य पहाडी बृहत्तर मकै उत्पादन कार्यक्रमअन्तर्गत ११ टन मकैको बीउ वितरण गरिएको कृषि प्रचारप्रसार अधिकृत प्रकाश बस्ताकोटीले जानकारी दिए ।
अरुण २, रामपुर कम्पोजिट र मनकामना जातको बीउ जिल्ला...बाँकी
नुवाकोटमा यस वर्ष १ अर्ब १० करोडको आलु उत्पादन भएको छ । बर्खे र हिउँदे याममा गरी ७२ हजार ७सय मेट्रिक टन आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिए। उनका अनुसार गत वर्ष ८७ करोड बराबरको तथा अघिल्लो वर्ष ८५ करोड बराबरको आलु उत्पादन भएको थियो ।
“अघिल...बाँकी
म्याग्दीका किसानले व्यावसायिक पशुपालनका लागि ३ अर्बभन्दा बढी लगानी गरेका छन् । किसानले व्यावसायिक रुपमा गाईभैंसी र भेडाबाख्रापालन गर्न ३ अर्ब ६८ करोड ४१ लाख ६६ हजार रूपैयाँ लगानी गरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।
कार्यालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लाभर ९२ गाईभैंसी र २ सय ८...बाँकी
उग्रचण्डी नाला – ५ स्थित नारी जागरण बचत तथा ऋण सहकारी संस्थाको एउटा कोठामा महिला लप्सीको गुदी मोल्नमा व्यस्त देखिन्छन् । उक्त गुदीबाट महिलाले विगत केही समयदेखि क्यान्डी बनाउँदै आएका छन् । सहकारीले स्वरोजगारका निम्ति महिलालाई केही समय अघि क्यान्डी बनाउने तालिम दिएको थियो । उक्त तालिम लिइसके...बाँकी
भेडाको ऊन तथा मासुबाट १० करोड बढी आम्दानी भएको छ । जिल्ला पशुसेवा कार्यालयका पशु विकास अधिकृत खिला शर्मा घिमिरेका अनुसार उत्तरी भेगका २१ वटा गाविसमा रहेका ८१ वटा गोठमा करिब २० हजार भेडाबाख्रा रहेका छन् । घुम्ती गोठमा पालिएका भेडाबाट वार्षिक २ सय मेट्रिक टन मासु उत्पादन हुन्छ । भेडाको मासु ...बाँकी
काभ्रेपलाञ्चोकमा पहिलो पटक धान र गहुँकाटने उपकरण भित्रिएको छ । कृषिप्रसार कार्यक्रमअन्तर्गत करिब ९० प्रतिशत अनुदानमा भकुन्डे कृषि सहकारी संस्था र मैटाकुन्टा जल उपभोक्ता समिति महादेवस्थानका लागि उपकरण खरिद भएको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत थर्कबहादुर जिसीले जानकारी दिएका छन ।
स...बाँकी
म्याग्दीको एउटै गाउँका कृषकले सिमी बिक्री गरेर ५० लाख गाउँमा भित्र्याएका छन् । म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने दोवा गाउँबाट ५० लाख बराबरको सिमी निकासी भएको छ । बेनी, जोमसोम, पोखरा र काठमाडौँमा यस वर्ष २५ मेट्रिक टन सिमी निकासी भएको अगुवा कृषक शेरबहादुर गर्बुजाले बताए ।
सिमीबाट दाल र ...बाँकी
सल्यानमा चालु आर्थिक वर्ष २०७३_७४ मा झन्डै ३० करोडको बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तला सुदृढीकरण अभियान बगैँचा व्यवस्थापन, सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि, अनकूल मौसमका कारण यस वर्ष उत्पादन वृद्धि भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष सल्यानमा २९ करोड ८१ लाख ३२ हज...बाँकी