४ माघ, २०७४ |
याङ्गुन, ४ माघ ।
म्यानमारको राखिन राज्यमा बौद्ध धर्मावलम्बीहरुले निकालेको र्यालीमा प्रहरीले गोली प्रहार गरेको समाचार छ । सो गोलीकाण्डमा ७ व्यक्तिको मृत्यु भएको छ भने कयौं घाइते भएका छन् ।
बौद्ध धर्मावलम्बीहरुले मङ्गलबार निकालेको र्याली अपराह्नतिर एक सरकारी कार्यालय कब्जा गर्नेतर्फ लम्किएको प्रहरीको भनाइ छ ।...बाँकी
२२ पुष, २०७४ |
बेइजिङ, २१ पुस ।
चीनको मध्य तथा पूर्वी प्रान्तमा परेको हिमपातका कारण दश जनाको मृत्यु भएको छ ।
जनवरी २ देखि परेको हिमपातमा परी उनीहरुको मृत्यु भएको चीनको प्रकोप न्यूनीकरण राष्ट्रिय आयोगले जनाएको छ । भीषण हिउँवर्षा र हिमआँधीका कारण थुप्रै घरहरु ध्वस्त भएका छन् भने कृषिबाली नष्ट हुनुका साथै विद्युत सेवा समेत अवरुद्ध...बाँकी
१९ मंसिर, २०७४ |
इश्लामावाद (पाकिस्तान), १९ मङ्सिर ।
पाकिस्तानको उत्तरी वाजिरिस्तानमा मङ्गलबार विस्फोट हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमले जनाए अनुसार विस्फोटमा ८ जना घाइते भएका छन् ।
सडक किनारामा मोटरसाइकल पार्क गरी राखेको स्थानमा विछ्याइएको विष्फोटक पदार्थ ३ सामान्य नागरिक सहित एउटा सैनिक गाडीलाई लक्षित गरी पड्काइएको...बाँकी
१५ मंसिर, २०७४ |
एजेन्सी
पेशावरस्थित एग्रिकल्चर प्रशिक्षण इन्स्टिच्युटमा बन्धुकधारी चरमपन्थीहरुले हमला गर्दा ११ जनाको ज्यान जानुका साथै ९ जना घाइते भएका छन् ।
शुक्रबार बिहानै भएको हमलाको जिम्मेवारी अझैसम्म कसैले लिई नसकेको सञ्चार माध्यमहरुले जनाएका छन् । घटनापछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
स्थानीयलाई...बाँकी
२६ श्रावण, २०७४ |
चेङ्गडु (चीन), २५ साउन ।
पर्यटकीय नगरका रुपमा प्रख्यात दक्षिणपश्चिमी चीनको सिचुआन प्रान्तको जिउजाइगुउ अति नै प्रभावित हुने गरी आएको शक्तिशाली भूकम्पमा परी १३ जनाको मृत्यु हुनुका साथै २ विदेशीसहित १ सय ७७ व्यक्ति घाइते भएका छन् ।
पहिलो भूकम्प ७ म्याग्निच्युडको मापन गरिएको छ भने पछिल्लो भूकम्प ६.३ म्याग्नीच्युडको गएको छ । ...बाँकी
१६ श्रावण, २०७४ |
नयाँ दिल्ली, १६ साउन ।
भारतको दक्षिणी राज्य उडिशामा चट्याङ परेर कम्तिमा ११ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।
उडिशाको प्रान्तीय राजधानी भुवनेश्वरबाट उत्तरपूर्वमा पर्ने भादराक, बालेश्वर र केन्द्रापारा जिल्लामा परेको छुट्टाछुट्टै चट्याङमा परी ती ११ व्यक्तिको मृत्यु भएको हो ।
चट्याङ परेर मरेक...बाँकी
१० जेष्ठ, २०७४ |
सिजियाझुआङ (चीन), ९ जेठ ।
चीनको उत्तरी क्षेत्रको हेवेई प्रान्तमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर मङ्लबार दुर्घटनाग्रस्त हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको स्थानीय सुरक्षाकर्मीले जनाएका छन् ।
स्थानीय समय अनुसार बिहान ६ः२० मा पछाडिबाट आएको ट्रकले ट्याङ्करलाई ठक्कर दिएपछि झाङ्जिआकाओ–सिजियाझुआङ सडक खण्डमा दुर्घटना हुन पुगेक...बाँकी
२९ बैशाख, २०७४ |
इस्लामाबाद (पाकिस्तान), २९ वैशाख ।
आत्मघाती आक्रमणकारीले पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा शुक्रबार गराएको विस्फोटमा २५ जनाको मृत्यु भएको छ । घटनामा ३० जनाभन्दा बढी घाइते भएको सरकारी अधिकारी मुनिर रैसानीले बताए ।
यसैबीच पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले शुक्रबार बलुचिस्तान प्रान्तमा २५ जनाको ज्यान लिने गरी भएको विस...बाँकी
१९ बैशाख, २०७४ |
जलालाबाद, १८ वैशाख ।
अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा गुडिरहेको एक सवारी साधानलाई लक्षित अमेरिकी चालकरहित विमान आक्रमणमा परी आठ जना इस्लामिक स्टेट (आर्इएस) विद्रोही मारिएको प्रान्तीय सरकारले सोमबार जानकारी दिएको छ ।
नान्गार्हार प्रान्तको मनो इलाकामा स्थानीय समायानुसार आइतबार मध्याह्न २ बजे सो आक्रमण भएको प्...बाँकी
१८ बैशाख, २०७४ |
काबुल (अफगानिस्तान), १७ वैशाख ।
शनिबार साँझदेखि अफगानिस्तानको विभिन्न प्रान्तमा भएको सुरु भएको सुरक्षा कारबाहीमा कम्तिमा ४३ जना विद्रोही लडाकुको मृत्यु भएको अफगानी गृहमन्त्रीले आइतबार बताएका छन् ।
अफगान राष्ट्रिय रक्षा तथा सुरक्षा बलले कुनार, वार्दाक, नान्गाहार, जाबुल, लोगार र कुन्दुजलगायतका विभिन्न आठ प्रान्तमा गरेको कारबाहीमा...बाँकी