newskoseli.Com

१ सय ५ टन हात्तीका दाँत जलाइयाे

नैरोबी: केन्यामा तस्करहरुबाट बरामद मरेका हात्तीका सात हजार दाँत जलाइएको छ । यस्तो कदम हात्तीको शिकार र र दाँतको तस्करी रोक्न चालिएको हो ।  विश्व इतिहासमा यसअघि यति धेरै संख्यामा हात्तीका दाँत जलाइएको थिएन ।अफ्रिकामा हात्तीको संख्या करिब पाँच लाख रहेको छ । यहाँ हरेक साल ३० हजार हात्ती मारिने गरेका ...बाँकी

साउदीको एउटै कम्पनीबाट ५० हजार कामदार निकालिए

साउदी अरबको सबैभन्दा ठूलो कम्पनीमध्ये एक मानिने बिनलादिन समूहले ५० हजार मानिसलाई जागीरबाट निकालिदिएको छ । कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको भन्दै उसले आफ्नो कम्पनीमा कर्मचारी कटौती गरेको हो । तेलको मूल्यमा कटौती हुँदा ठूलो नोक्सानी ब्यहोर्नु परेको सउदी अरबले विभिन्न उपाय निकालिरहेको जनाइएको छ ...बाँकी

आन्मा र नासाको संयूक्त सम्मेलन मिजौरीमा

मध्यपश्चिम तथा दक्षिण पूर्वी अमेरिकामा बसोबास गर्ने नेपालीहरुको संस्था आन्मा र नासाको संयूक्त सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । गैरआवासिय नेपालीहरुको साझा दुई संस्थाको १२ औ संयूक्त सम्मेलन आगामी सेप्टेम्बर २ देखि ४ सम्म सेन्ट लुईसस्थित मिजौरी राज्यको डबल ट्रि हिल्टन होटलमा हुने भएको हो । ...बाँकी

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण विफल

उत्तर कोरियाद्वारा गरिएको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण विफल भएको छ । बिहीबार उत्तर कोरियाले दुई ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरे पनि दुबै असफल भएको दक्षिण कोरियाली र अमेरिकी अधिकारीहरुले जनाएका छन् । क्षेप्यास्त्र प्रक्षेपण गरेलगत्तै विस्फोट भएर नष्ट भएको बताइएको छ । ३ हजार किलोमिटर रेन...बाँकी

सिरियाको अवस्था चिन्ताजनक : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघले द्वन्द्वग्रस्त सिरियाको अवस्था चिन्ताजनक भएको जनाएको छ । एलेप्पोस्थित विद्रोहीको नियन्त्रणमा रहेको अस्पताललगायतका स्थानमा भएका आक्रमणपछि सिरियाको अवस्था नाजुक हालतमा पुगेका राष्ट्रसंघले जनाएको हो । पछिल्लो २४ घण्टामा सिरियामा भएका आक्रमणमा ६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।...बाँकी

बाराक ओबामाको विदेश नीति पुरै असफल : डोनाल्ड ट्रम्प

अमेरिकाको राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीको उम्मेदवारीको प्रतिस्पर्धामा रहेका डोनाल्ड ट्रम्पले आफ्नो आगामी नीति सार्वजनिक गरेका छन् । पछिल्लो चरणमा पाँचवटा राज्यमा भएको प्राइमरी चुनावमा जित हासिल गरेका ट्रम्पले आफूले ‘सबैभन्दा पहिला अमेरिका’को नीतिलाई प्राथमिकता दिने बताए । उनले राष्ट्रपति बार...बाँकी

हवाई हमलाबाट आइएसको कोषमा रहेको ८० करोड डलर नष्ट

अमेरिकी सेनाका अधिकारीहरुले आतंककारी संगठन इस्लामिक स्टेट (आइएस)को कोषमा रहेको ८० करोड अमेरिकी डलर हवाई आक्रमणका क्रममा नष्ट गरिएको बताएका छन् । अमेरिकी सेनाका मेजर जनरल पिटर गस्टर्नले अमेरिकी सेनाले आइएसको कोषलाई लक्षित गरी हवाई आक्रमण गरेको र त्यस क्रममा उसको कोषमा रहेको ८० करोड डलर नष्ट भएको ब...बाँकी

यमनमा गठबन्धन सेनाले कारबाही गर्दा आठ सय लडाकु मारिए

गठबन्धन सेनाले गरेको कारबाहीमा यमनमा अलकायदाका आठ सय लडाकु मारिएका छन् । मुकाला शहरमा साउदी अरब नेतृत्वकोे गठबन्धन सेनाले गरेको कारबाहीका क्रममा उनीहरु मारिएको र थुप्रै मात्रामा हतियार बरामद भएको यमन सरकारले जनाएको छ । दुई हजारको संख्यामा मुकाला शहरमा पसेको साउदी अरबको गठबन्धन सेनाले बिमानस्थल...बाँकी

खानीमा एघार कामदार बेपत्ता

चीनको उत्तरपश्चिमी सान्सी प्रान्तमाअवस्थित एक कोइलाखानीमा सोमबार आएको बाढीमा परी ११ कामदार बेपत्ता भएका अधिकारीहरुले जानकारी दिएका छन् । सो दुर्घटना स्थानीय समयाअनुसार सोमबार विहान ८ बजे भएको जनाइएको छ । बाढी आएको सो समयमा खानीमा ६७ जना कामदार कार्यरत रहेका टोङ्गचुआनका सरकारी अधिकारीले जनाएका छन्...बाँकी

आत्मघाती बम हमलामा बग्दादमा सातको मृत्यु

इराकको राजधानी बग्दादको व्यस्त बजारमा आत्मघाती बम विस्फोट गराउँदा सात स्थानीय नागरिकको मृत्यु भएको इराकी सुरक्षा अधिकारी तथा सञ्चारमाध्यमले बताएका छन् । बग्दादको पूर्वी इलाकामा अवस्थित जादिदामा गराइएको उक्त विस्फोटमा परी ३० जना घाइते भएका छन् । परफ्युम पसल नजिकैको व्यस्त बजारमा गराइएको उक्त वि...बाँकी