चीनको उत्तरपश्चिमी सान्सी प्रान्तमाअवस्थित एक कोइलाखानीमा सोमबार आएको बाढीमा परी ११ कामदार बेपत्ता भएका अधिकारीहरुले जानकारी दिएका छन् ।
सो दुर्घटना स्थानीय समयाअनुसार सोमबार विहान ८ बजे भएको जनाइएको छ । बाढी आएको सो समयमा खानीमा ६७ जना कामदार कार्यरत रहेका टोङ्गचुआनका सरकारी अधिकारीले जनाएका छन् । रासस÷सिन्ह्वा