newskoseli.Com

‘गाजालाई खाली गर्ने’ ट्रम्पको योजना !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गाजालाई खाली गर्ने’ योजना शनिबार अघि सारेका छन् । मध्यपूर्वमा शान्ति स्थापनाका लागि इजिप्ट र जोर्डनले प्यालेस्टिनीलाई त्यहाँबाट हटाउनु उचित भएको ट्रम्पले बताएका छन् ।

इजरायल–हमास युद्धपछि गाजा ‘विध्वंसस्थल’ बन्न पुगेको दावी गर्दै जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँग यस विषयमा कुरा भइसकेको र आइतबार इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँग पनि कुरा गर्ने योजना रहेको ट्रम्पले बताए । ‘इजिप्टले गाजामा रहेका आफ्ना मानिसहरूलाई लिएर जाओस् र जोर्डनले पनि त्यसै गरोस् भन्ने म चाहन्छु’– एयर फोर्स वनमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले भने ।

‘तपाईं शायद १५ लाख मानिसहरूको बारेमा चिन्ता व्यक्त गर्दै हुनुहुन्छ र हामी त्यो सबै खाली गर्न चाहन्छौं, तपाईंलाई थाहा छ, शताब्दियौंदेखि यो स्थानमा धेरै सङ्घर्षहरू थिए, मलाई थाहा छैन तर त्यहाँ केही हुनुपर्छ ।’ ट्रम्पले भने । ७ अक्टोबर, २०२३ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणपछि सुरु भएको युद्धका कारण गाजाका २४ लाख जनसङ्ख्यामध्ये अधिकांश विस्थापित भएका छन् ।

गाजाका बासिन्दालाई स्थानान्तरण गर्ने काम ‘अस्थायी वा दीर्घकालीन पनि’ हुन सक्ने ट्रम्पले बताएका छन् । ‘यो वास्तवमै अहिले भत्काइने ठाउँ हो, लगभग सबै ध्वस्त भएको छ र मानिसहरू त्यहाँ मरिरहेका छन्,’ राष्ट्रपति ट्रम्पले भने– ‘त्यसैले बरु केही अरब राष्ट्रहरूसँग म वार्ता गर्न चाहन्छु र फरक स्थानमा आवास निर्माण गर्न चाहन्छु, जहाँ उनीहरू परिवर्तनसँगै शान्तिसाथ बस्न सकून् ।’

अमेरिकी पूर्वराष्ट्रपति जो बाइडनको प्रशासनको अन्तिम दिन इजरायल र हमासबीच भएको युद्धविराम र बन्धक मुक्त गर्ने सम्झौता दोस्रो हप्तामा प्रवेश गरेका बेला शनिबार ट्रम्पले यस्तो अभिव्यक्ति सार्वजनिक गरेका हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर