१२ पुष, २०७६ |
एजेन्सी
मोन्टेनेग्रोका विपक्षी दलका नेतालाई शुक्रबार पक्राउ गरिएको छ । संसदमा ‘नाटकीय र हिंसात्मक क्रियाकलाप’ गरेको भन्दै उनलाई नियन्त्रणमा लिइएको अधिकारीहरुले जनाएका छन् ।
धार्मिक स्वतन्त्रतासम्बन्धी विवादास्पद कानुन पारित भएपछि उनले संसदभित्र विरोध तथा प्रदर्शन गरेका थिए । नयाँ कानुनमा समावेश गरिएको चर...बाँकी
१२ पुष, २०७६ |
एजेन्सी
सोमालियाको राजधानी सहर मोगादिसुस्थित व्यस्त क्षेत्रमा कारमा राखिएको शक्तिशाली बम विस्फोट हुँदा कम्तिमा ७६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केही स्थानीय विश्वविद्यालयका विद्यार्थी समेत रहेको त्यहाँका अधिकारीले शनिबार जनाएका छन् । सो विष्फोटमा परी कम्तिमा ७० जना घाइते भएको बताइएको छ ।
‘विस्फोटमा...बाँकी
२५ मंसिर, २०७६ |
एजेन्सी
यात्रुवाहक रेलले ठक्कर दिएर बुधबार भारतमा दुई हात्ती मरेका छन् । दाहसंस्कार गर्नुअघि ती हात्तीको शवलाई फूलमालाले सिँगारेर राखी श्रद्धाञ्जलि दिइएको थियो ।
रेलले ठक्कर दिएर मात्रै पछिल्लो पाँच वर्षमा कम्तिमा २६ हात्ती मरेका छन् भने अरू कयौं घाइते भएका छन् । ठक्कर लागेर मृत्यु भएका दुईमध्ये एउटा हात...बाँकी
२४ मंसिर, २०७६ |
एजेन्सी
३४ वर्षीया सान्ना मरिन विश्वकै सबभन्दा कम उमेरकी प्रधानमन्त्री चयन भएकी छन् । प्रधानमन्त्री आन्ती रिन्नेले पदत्याग गरेपछि सोसल डेमोक्रयाटिक पार्टीले मरिनलाई फिनल्याण्ड सरकारको नेतृत्व गर्न प्रधानमन्त्री चयन गरेको हो ।
जुन महिनायता यातायात तथा सञ्चार मन्त्रीको जिम्मेवारी सम्हाल्दै आएकी उनले मंगलबा...बाँकी
१० मंसिर, २०७६ |
एजेन्सी/रासस
मालीमा भएको हेलिकप्टर दुर्घटनामा परी कम्तिमा १३ फ्रान्सेली सैनिकको मृत्यु भएको मालीका सुरक्षा अधिकारीले मङ्गलबार जनाएका छन् । अफ्रिकी मुलुक मालीको तनावग्रस्त उत्तरी क्षेत्रमा विद्रोहीविरूद्धको कारबाहीमा प्रयोग गरिएका दुई हेलिकप्टर एक आपसमा ठोक्किँदा सोमबार १३ सैनिकको मृत्यु भएको हो ।
फ्रान्सले यस...बाँकी
१० मंसिर, २०७६ |
एजेन्सी/रासस
अल्बानियामा मङ्गलबार बिहान आएको भूकम्पमा परी कम्तिमा चार जनाको मृत्यु भएको छ । भूकम्पका कारण १ सय ५० जनाभन्दा बढी घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् । उक्त भूकम्प ६.४ म्याग्निच्युडको भएको जनाइएको छ ।
मृत्यु भएकामध्ये एक जनाले कुरबिनस्थित एक घरको पाँच तला माथिबाट हामफालेको एक सैन्य अधिकारील...बाँकी
७ मंसिर, २०७६ |
एजेन्सी/रासस
भारतको पश्चिम राज्य राजस्थानमा शनिबार बिहान भएको बस दुर्घटनामा कम्तिमा १२ व्यक्तिको मृत्यु भएको छ । दुर्घटनामा १ बालक र ५ महिलासहित १२ को मृत्यु हुनुका साथै १० जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
दुर्घटना भएको सो बसका यात्रुहरु दक्षिण–पश्चिमी राज्य महाराष्ट्रको लातुर जिल्लाबाट उत्तरी राज्य...बाँकी
२७ कार्तिक, २०७६ |
एजेन्सी
अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहानको अति व्यस्त समयमा भएको विस्फोटमा कम्तिमा सात जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार बुधबार बिहान ७ः२५ मा सो विस्फोट भएको थियो ।
यस विस्फोटमा सात जना सख्त घाइते भएको गृह मन्त्रालयका प्रवक्ता नसरात राहिमीले ट्विटरमार्फत जानकारी दिएका छन् । शक्तिशाली विस्...बाँकी
२३ कार्तिक, २०७६ |
एजेन्सी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई धन्यवाद ज्ञापन गरेका छन् । भारतीय सिखलाई पाकिस्तान जान निःशुल्क प्रवेशाज्ञा दिन सहयोग गरेकामा मोदीले खानलाई धन्यवाद दिएका हुन् ।
पाकिस्तान र भारतको सीमा क्षेत्रमा पर्ने धार्मिक क्षेत्रहरुको भ्रमणका लागि पाकिस्तानले त्यस्त...बाँकी
२० कार्तिक, २०७६ |
एजेन्सी
अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तको एक जिल्ला सदरमुकाममा बुधबार बिहानै तालिबान समूहले गरेको भीषण आक्रमणमा जिल्ला प्रहरी प्रमुख र तीन जना प्रहरी अधिकृत मारिएका छन् ।
चहर बोलाक जिल्लाका प्रहरी प्रमुख मेजर कलाउमुद्दीनको हत्या भएको प्रान्तीय सरकारका प्रवक्ता मुनिर अहमद फरहादले जानकारी दिएका छन् । फर...बाँकी