newskoseli.Com

त्रिचन्द्र क्याम्पसमा आगलागी, के–के भयो क्षति ?

काठमाडौंको घन्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा आइतबार साँझ आगलागी भएको छ । अत्यधिक जाडो मौसम भएकाले आगो ताप्ने क्रममा फैलिएको आगो केही बेरमा नियन्त्रणमा लिइएको थियो । पछि फेरि जेनेरेटर सर्ट हुँदा दोस्रो पटक आगलागी भयो । स्ववियु कार्यालय नजिकै रहेको अर्को भवनमा आगलागी भएको जानकारी महानगरीय प्रहर...बाँकी

प्रहरीले सुरु गर्‍यो ‘रातभरि थुन्ने अभियान’ ! राति १० बजेपछि विनाकाम हिँड्न नपाइने…

चोरीका घटना बढ्न थालेपछि प्रहरीले कोहलपुरमा ‘रातभरि थुन्ने अभियान’ सुरु गरेको छ । अत्यावश्यक कामबाहेक त्यत्तिकै राति १० बजेपछि हिँड्नेलाई रातभर थुन्ने गरिएको कोहलपुर प्रहरीले जनाएको छ । ‘लागूपदार्थ प्रयोगकर्ता र लामो कपाल पालेका व्यक्ति राति भेटिए थुन्ने गरेका छौं,’ कोहलपुर इलाका प्रहरी कार्यालयक...बाँकी

उपचारका क्रममा कैदीको मृत्यु

जलेश्वर कारागारमा कैद भुक्तान गर्दै आएका एक कैदीको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको छ । धनुषाको साविक धनौजी गाविस– ४ बस्ने अन्दाजी वर्ष ४० का रामनाथ मण्डल धानुकको मृत्यु भएको जेलर शोभेन्द्र ठाकुरले बताए । धनुषा जिल्ला अदालतको आदेशानुसार २०७४ भदौ ५ देखि लागूऔषध मुद्दामा जरिवानासहित एक ...बाँकी

नेकपाका नेता भण्डारी बेपत्ता, मोटरसाइकल र २ थान मोबाइल घरमै

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मेचीनगरका नेता दीपक भण्डारी बुधबार बिहानदेखि सम्पर्कविहीन भएपछि उनको खोजी सुरु भएको छ । तत्कालीन नेकपा (एमाले) को मेचीनगर अध्यक्ष, धुलाबारी जेसिसका पूर्वअध्यक्ष, हिमालयन मल्टिपल कलेजका निर्देशकलगायत थुप्रै जिम्मेवारीमा रहनुभएका भण्डारी मेचीनगर– १० स्थि...बाँकी

बस खोलामा खस्दा १ को मृत्यु, २५ घाइते, ४ को अवस्था चिन्ताजनक

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती– १४ मा बिहीबार बिहान बस अनियन्त्रित भई खोलामा खस्दा एक जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन् । काँकडभिट्टाबाट बुटवलका लागि छुटेको ना ४ ख ७०४६ नम्बरको बस कावासोती– १४ स्थित झिनकी भणरिनिया खोलामा खसेको हो । बस खस्दा भारतको महाराजगञ्ज घर भएक...बाँकी

नेकपा स्थायी कमिटी : तेस्रो दिनदेखि घट्यो नेतृत्वको आलोचना !

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको जारी बैठक बुधबार पनि पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा ३ घन्टा बस्यो । बुधबारको बैठकमा ८ जना स्थायी कमिटी सदस्यहरुले आ–आफ्नो धारणा राखेको महासचिव विष्णु पौडेलले जनाएका छन् । पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिए अनुसार बुधबार देवप्रस...बाँकी

खाद्य सामग्रीमा अखाद्य पदार्थ मिसाउने ७९ उद्योगमाथि मुद्दा

खाद्य सामग्रीमा अखाद्य वस्तु मिसावट गरी उत्पादन तथा बिक्रीवितरण गर्ने ७९ वटा औद्योगिक तथा व्यवसायी प्रतिष्ठानमाथि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले मुद्दा दायर गरेको छ । ४ महिना यता (२०७५ साउनदेखि कात्तिकसम्म) विभिन्न ठाउँमा गरिएको अनुगमन तथा खाद्य वस्तुको परीक्षण गर्दा दूषित एवम...बाँकी

१२ वर्षिया बालिका १२ दिनदेखि बेपत्ता

सन्दकपुर गाउँपालिकाकी एक बालिका १२ दिनदेखि बेपत्ता भएकी छन् । सन्दकपुर गाउँपालिकास्थित जमुनाकी १२ वर्षीया मुना गुरुङ मंसिर २० यता परिवारको सम्पर्कमा नआएकी हुन् । बालिका २० गते बिहान विद्यालय गएको तर बेलुका फर्केर घर नआएको बालिकाका बुबा ओमबहादुर गुरुङले बताए । बालिका घर नफर्के पनि आफन्तकहाँ गएक...बाँकी

प्रहरीहरूमाथि कुटपिट : हतियार खोसेर तस्कर समूह फरार

पेट्रोलियम पदार्थको तस्करी रोक्न खोज्दा सोमबार राति ३ बजेतिर तस्करले प्रहरी चौकी पाङ्डेपुरका प्रहरीलाई कुटपिट गरी हतियार खोसेर फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । स्थानीय औरही खोलाको बाटो हुँदै सीमावर्ती भारतको इनर्वा बजारतर्फ भारी मात्रामा पेट्रोलियम पदार्थको तस्करी भइरहेको सूचना...बाँकी

पूर्वप्रधानमन्त्री तुलसी गिरीको निधन

पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन भएको छ । बूढानीलकण्ठस्थित सिद्धार्थ कोलनीमा रहेको आफ्नै निवासमा मंगलबार बिहान उनको निधन भएको हो । कलेजोको क्यान्सरबाट पीडित भर्इ उपचार गराइरहेका पूर्वप्रधानमन्त्री गिरीको बिहान ६ बजे ९३ वर्षको उमेरमा निधन भएको उनकी श्रीमती सराह गिरीले जानकारी दिएकी छन् । स...बाँकी