newskoseli.Com

मन्त्रीको गाडी दुर्घटना : ३ घाइते, १ को अवस्था गम्भीर

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रयोग गर्दै आएको बा २ झ ३१२५ नम्बरको स्कारपियो जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । मन्त्री सोडारी जिपमा सवार नरहेको अवस्थामा शुक्रबार राति कैलालीमा भएको दुर्घटनामा परी जिपका चालक गोदावरी नगरपालिकाका धोजेन्द्र शाही, निजक...बाँकी

पत्रकारमाथि छुरा प्रहार, नेकपाका कार्यकर्तामाथि आरोप !

शुक्रबार अपराह्न साढे ४ बजेतिर एउटा समूहको सांघातिक आक्रमणबाट नेपाल प्रेस युनियन रुकुम (पश्चिम) का सचिव तथा नागरिक दैनिकका संवाददाता लोकेन्द्र खनाल घाइते भएका छन् । हाल नेकपामा क्रियाशील पूर्वमाओवादी नेता–कार्यकर्ताहरुको समूहले खनाललाई छुरी प्रहार गरेर गम्भीर घाइते बनाएको आरोप नेपाल प्रेस युनियनल...बाँकी

जब स्थानीयवासीले आ–आफ्नै घर भत्काइदिए…

सडक विस्तारका लागि धेरै ठाउँमा बल प्रयोग गरेर संरचना हटाउनु परेको अवस्थामा जलजला गाउँपालिका– ७, मिलनचोकका बासिन्दाले भने आ–आफ्ना घर आफैं भत्काएर सडक फराकिलो बनाएका छन् । मिलनचोकदेखि लेकफाँट र शालिजा जोड्ने सडक स्तरोन्नति योजना कार्यान्वयनका लागि सडक छेउछाउका ११ घर पूर्ण र करिव ६० घर आंशिक रूपमा भ...बाँकी

३ जिल्ला जोड्ने ८.५ किलोमिटर केबलकार : ३० प्रतिशत शेयर प्रभावितलाई

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासे जोड्ने केबलकार निर्माण हुने भएको छ । प्रदेश नं. ४ कै उत्कृष्ट गन्तव्यको रुपमा विकास हुँदै गएको पञ्चासे क्षेत्रको समग्र विकासका लागि निर्माण हुन लागेको केबलकारमा स्थानीयवासीले ३ अर्ब रुपैयाँको शेयर अधिकार पाउन...बाँकी

सम्साँझै जिप दुर्घटना : १ को मृत्यु, १ गम्भीर घाइते

रुकुम (पश्चिम) मा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका– ३, दहखोलामा शुक्रबार बेलुकी जिप दुर्घटना हुँदा जिप चालक आठबिसकोट नगरपालिका– १ का २८ वर्षीय टेकमान विकको मृत्यु भएको हो । स्यार्पूबाट नेपानेतर्फ जाँदै गरेको लु १ ज २६६८ नम्बरको जिप दुर्घटना हुँदा चालक विकको...बाँकी

सभामुख महराले २३ वर्षपछि लगाए आफ्नै जन्मघरमा टीका

सभामुख कृष्णबहादुर महराले २३ वर्षपछि आफ्नो जन्मघरमा तिहारको टीका लगाए । रोल्पा नगरपालिका– १, मेवाङमा रहेको जन्मघरमा सभामुख महराले जेठी फुपू विष्णु केसीको हातबाट तिहारको टीका लगाएका हुन् । तत्कालीन माओवादीले जनयुद्ध थाल्नुअघि २०५२ मा आफ्नै जन्मघरमा टीका लगाएका महराले शान्ति प्रक्रियापछि यसपालि ...बाँकी

जङ्गली हात्तीले भत्काइदिए घर, ३ परिवारको बिचल्ली

तिहारको भाइटीकाकै दिन बेदकोट नगरपापलिका– १०, कञ्चनपुर, रानादैजीका तीन जनाको घर जङ्गली हात्तीको झुण्डले भत्काइदिएको छ । बिहीबार राति शिवराज राना, खेमराज राना, प्रेमसिंह रानालगायत तीन जनाको घर हात्तीको झुण्डले भत्काएको हो । हात्तीले घर भत्कार्इ भण्डारण गरेर राखेको धान, चामल, पिठो, गहुँलगायतका सबै अ...बाँकी

भाइटीकाकै दिन भेटियो बेवारिसे शव

सर्लाहीको सदरमुकाम मलङ्गवामा शुक्रबार (भाइटीकाकै दिन) एक अज्ञात पुरुषको बेवारिसे शव फेला परेको छ । मलङ्गवा– ९ मन्दिरस्थित नाम, वतन नखुलेको अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक व्यक्ति मलङ्गवा बजारमा बोतल सिसी सङ्कलन गर्ने र मागी खाँदै आएको स्थानीयवास...बाँकी

दीपावली गर्दा आगलागी, ४ लाखको क्षति

कपिलवस्तु शुद्धोधन गाउँपालिका– ३, लवनीस्थित बेचन कलवारको घरमा बुधबार राति लक्ष्मीपूजाका लागि दीपावली गर्दा आगलागी भएको छ । आगलागीबाट करिव ४ लाख १५ हजार रूपैयाँ बराबरका धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । दीपावलीका लागि बालिएको मैनबत्तीबाट आगो सल्कन गई आगलागी भएको बताइएको छ । प्रहरी, स्थान...बाँकी

पूर्वमन्त्री कांग्रेस नेताले भने : ओली सरकारको विरोध औचित्यहीन, ढुक्कले काम गर्न दिनुपर्छ

नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री टेकबहादुर गुरुङले केपी ओली नेतृत्वमा रहेको वर्तमान सरकारको विरोध गर्नुको कुनै औचित्य नभएको बताएका छन् । ‘कांग्रेसले अहिले ओली सरकारको विरोध गर्नुहुँदैन,’ उनले भनेका छन्– ‘यो सरकारलाई ५ वर्षसम्म ढुक्कले काम गर्न दिनुपर्छ ।’ वर्तमान प्रधानमन्त्री केपी शर्मा ...बाँकी