newskoseli.Com

३ जिल्ला जोड्ने ८.५ किलोमिटर केबलकार : ३० प्रतिशत शेयर प्रभावितलाई

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासे जोड्ने केबलकार निर्माण हुने भएको छ । प्रदेश नं. ४ कै उत्कृष्ट गन्तव्यको रुपमा विकास हुँदै गएको पञ्चासे क्षेत्रको समग्र विकासका लागि निर्माण हुन लागेको केबलकारमा स्थानीयवासीले ३ अर्ब रुपैयाँको शेयर अधिकार पाउन...बाँकी

सम्साँझै जिप दुर्घटना : १ को मृत्यु, १ गम्भीर घाइते

रुकुम (पश्चिम) मा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका– ३, दहखोलामा शुक्रबार बेलुकी जिप दुर्घटना हुँदा जिप चालक आठबिसकोट नगरपालिका– १ का २८ वर्षीय टेकमान विकको मृत्यु भएको हो । स्यार्पूबाट नेपानेतर्फ जाँदै गरेको लु १ ज २६६८ नम्बरको जिप दुर्घटना हुँदा चालक विकको...बाँकी

सभामुख महराले २३ वर्षपछि लगाए आफ्नै जन्मघरमा टीका

सभामुख कृष्णबहादुर महराले २३ वर्षपछि आफ्नो जन्मघरमा तिहारको टीका लगाए । रोल्पा नगरपालिका– १, मेवाङमा रहेको जन्मघरमा सभामुख महराले जेठी फुपू विष्णु केसीको हातबाट तिहारको टीका लगाएका हुन् । तत्कालीन माओवादीले जनयुद्ध थाल्नुअघि २०५२ मा आफ्नै जन्मघरमा टीका लगाएका महराले शान्ति प्रक्रियापछि यसपालि ...बाँकी

जङ्गली हात्तीले भत्काइदिए घर, ३ परिवारको बिचल्ली

तिहारको भाइटीकाकै दिन बेदकोट नगरपापलिका– १०, कञ्चनपुर, रानादैजीका तीन जनाको घर जङ्गली हात्तीको झुण्डले भत्काइदिएको छ । बिहीबार राति शिवराज राना, खेमराज राना, प्रेमसिंह रानालगायत तीन जनाको घर हात्तीको झुण्डले भत्काएको हो । हात्तीले घर भत्कार्इ भण्डारण गरेर राखेको धान, चामल, पिठो, गहुँलगायतका सबै अ...बाँकी

भाइटीकाकै दिन भेटियो बेवारिसे शव

सर्लाहीको सदरमुकाम मलङ्गवामा शुक्रबार (भाइटीकाकै दिन) एक अज्ञात पुरुषको बेवारिसे शव फेला परेको छ । मलङ्गवा– ९ मन्दिरस्थित नाम, वतन नखुलेको अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक व्यक्ति मलङ्गवा बजारमा बोतल सिसी सङ्कलन गर्ने र मागी खाँदै आएको स्थानीयवास...बाँकी

दीपावली गर्दा आगलागी, ४ लाखको क्षति

कपिलवस्तु शुद्धोधन गाउँपालिका– ३, लवनीस्थित बेचन कलवारको घरमा बुधबार राति लक्ष्मीपूजाका लागि दीपावली गर्दा आगलागी भएको छ । आगलागीबाट करिव ४ लाख १५ हजार रूपैयाँ बराबरका धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । दीपावलीका लागि बालिएको मैनबत्तीबाट आगो सल्कन गई आगलागी भएको बताइएको छ । प्रहरी, स्थान...बाँकी

पूर्वमन्त्री कांग्रेस नेताले भने : ओली सरकारको विरोध औचित्यहीन, ढुक्कले काम गर्न दिनुपर्छ

नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री टेकबहादुर गुरुङले केपी ओली नेतृत्वमा रहेको वर्तमान सरकारको विरोध गर्नुको कुनै औचित्य नभएको बताएका छन् । ‘कांग्रेसले अहिले ओली सरकारको विरोध गर्नुहुँदैन,’ उनले भनेका छन्– ‘यो सरकारलाई ५ वर्षसम्म ढुक्कले काम गर्न दिनुपर्छ ।’ वर्तमान प्रधानमन्त्री केपी शर्मा ...बाँकी

चुनाव त हारें, बाचा चाहिँ पूरा गर्छु : कांग्रेस नेता कान्छाराम

नेपाली कांग्रेसका नेता तथा समाजसेवी पूर्णबहादुर तामाङ (कान्छाराम) ले चुनाव जित्न नसके तापनि आफूले त्यसबेला बोलेका बाचा पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । रामेछाबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका तामाङले जनताको घरमा जाँदा आफूले बोलेका प्रत्येक कुरा अहिले पनि सम्झिरहेको भन्दै ती बाचा पूरा गरेरै छा...बाँकी

नेकपा प्रदेश– ३ : मंसिर १५ भित्र एकीकरण !

नेकपा कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नंं. ३ ले पार्टीको निर्देशन अनुसार स्थानीय तहको एकीकरण प्रक्रिया थालेको छ । प्रदेश नं. ३ का सचिव आनन्दप्रसाद पोखरेलले पार्टीको निर्देशन अनुसार योग्यता र क्षमताका आधारमा स्थानीय तहको एकता प्रक्रिया थालिएको जानकारी दिएका छन् । उनका अनुसार रसुवा र सिन्धुलीका स्...बाँकी

रत्नपार्कमा आयोजना भयो ‘काग सम्मेलन’ !

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको पहिलो दिन कागतिहारमा सोमबार ‘काग सम्मेलन’ आयोजना गरियो । राष्ट्रिय सङ्गीतकर्मी सङ्घले आयोजना गरेको ‘काग सम्मेलन’ मा १ सय ७३ जीव–जनावर तथा चरा–चुरुङ्गीको आवाज निकाल्ने इलामका...बाँकी