newskoseli.Com

आगलागी नियन्त्रण गर्न १ लाख लिटरको पानीट्याङ्की…

प्रमुख व्यापारिक केन्द्रमध्येको एक दिक्तेल बजारमा आगलागी नियन्त्रण गर्न १ लाख लिटर पानी सञ्चित गर्न सकिने पानी ट्याङ्कीसहितको आधुनिक धारा निर्माण गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको २५ लाख ८७ हजार ५ सय रुपैयाँ लगानीमा दिक्तेलस्थित अस्पताल चोकमा सुविधायुक्त धारासहितको पानी ट्याङ्की निर...बाँकी

माछा मार्न जाँदा डुबेर ७२ वर्षीय राईको मृत्यु

सूर्योदय नगरपालिका– १ स्थित जोगमाई खोलामा माछा मार्ने क्रममा डुबेर एक वृद्धको मृत्यु भएको छ । माई जोगमाई वडा नम्बर १ निवासी डम्बरबहादुर राईको मृत्यु भएको हो । मङ्गलबार दिउँसो माछा मार्न खोलातिर हिँडेका ७२ वर्षीय राई घर नफर्किएपछि परिवारजनले रातिदेखि नै खोजी सुरु गरेका थिए । रातको समयमा खोज्दा कतै...बाँकी

दसैंखर्च कमाउने श्रमजीवीको यो प्रयास !

        मजदुरी गरेर आफ्नै कमाइले दसैं मनाउने योजना बुन्दै गरेका महिला मजदुरहरु स्याङ्जाको आँधीखोला किनारमा ।   ...बाँकी

अमेरिकामा सुतेकै ठाउँमा नेपाली शिक्षाविदको निधन !

नेपालका एक शिक्षाविद् एवं ‘सर्च फर कमन ग्राउण्ड नेपाल’ का राष्ट्रिय निर्देशक भोलाप्रसाद दाहालको ५१ वर्षको उमेरमा संयुक्त राज्य अमेरिकामा निधन भएको छ । एक कार्यक्रमका लागि अमेरिका पुगेका दाहालको सोमबार राति होटलको कोठामा सुतिरहेको अवस्थामा निधन भएको उनको परिवारले जनाएको छ । काठमाडौं विश्वविद्यालय ...बाँकी

रापेछापमा बस दुर्घटना : १ को मृत्यु, २९ घाइते, १२ को अवस्था गम्भीर

काठमाडौंबाट गाल्बातर्फ जाँदै गरेको बस खाँडादेवी– ३, भीरपानीको सार्कीपँधेरो भन्ने ठाउँमा मंगलबार दुर्घटना हुँदा १ बालिकाको मृत्यु हुनुका साथै २९ जना घाइते भएका छन् । दसैं मान्न गाउँ फर्कंदै गरेका यात्रुले भरिएको बा ३ ख ४६७५ नम्बरको बस अपराह्न ३ बजेतिर दुर्घटना हुँदा १३ वर्षीया बालिकाको मृत्यु भएको...बाँकी

१ लाख १५ हजारसहित १० जुवाडे पक्राउ

महानगरीय प्रहरी वृत्त बौद्धले आइतबार मध्यराति १ लाख १५ हजार रुपैयाँ नगदसहित १० जुवाडेलाई पक्राउ गरेको छ । वृत्तका प्रहरी निरीक्षक भुपेन्द्र गिरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका– ५ स्थित कामी शेर्पाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । १६ थान कौडासहि...बाँकी

कात्तिक १६ मा कांग्रेसको चियापान

नेपाली कांग्रेसले बडादसैं, दीपावली, नेपाल सम्बत्, छठलगायतका चाडपर्वको अवसरमा हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको चियापान कार्यक्रम यस वर्ष पछाडि सारेको छ । कांग्रेसले कात्तिक ७ (कोजाग्रत पूर्णिमा) का दिन तय गरेको चियापान कार्यक्रम कात्तिक १६ मा (शुक्रबार) गर्ने भएको छ । पार्टीका नेता चक्...बाँकी

प्रहरी निरीक्षक र जवान घुस लिँदालिँदै कर्‍याप्प !

सेवाग्राहीसँग घुस लिँदै गरेको अभियोगमा बाबियाचौर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक र एक प्रहरी जवान पक्राउ परेका छन् । १५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा आइतबार सालकोट प्रहरी चौकीबाट प्रहरी निरीक्षक सुशोभन श्रेष्ठसहित प्रहरी जवान तिलक लामिछानेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर...बाँकी

५९ दरबन्दी, जम्मा ९ कर्मचारी !

माई नगरपालिकामा कर्मचारीको अभाव भएपछि सेवाग्राही मर्कामा पर्न थालेका छन् । नगरमा दरबन्दीको एकतिहार्इ मात्र कर्मचारी कार्यरत रहँदा कार्यालय समयमा काम नहुने र पटक–पटक नगरपालिका धाउनुपर्ने समस्या पर्ने गरेको छ । कर्मचारीकै अभावका कारण पशु प्राविधिकले समेत वडा सचिवको कार्यभार सम्हाल्दैछन् । नगरप्रमुख...बाँकी

म्याग्दीको गुर्जा आरोहण गर्न गएका ९ मध्ये ८ को मृत्यु, १ बेपत्ता

म्याग्दीको धौलागिरि गाउँपालिका– १, गुर्जामा रहेको गुर्जा हिमाल आरोहणका लागि आधार शिविर पुगेका ९ जनामध्ये ८ जनाको शव भेटिएको छ भने १ जना अझै बेपत्ता छन् । गुर्जा हिमालको आधार शिविरमा पुगेका ५ जना कोरियाली नागरिक र ४ जना नेपाली टोलीमध्ये ८ जनाको शव भेटिएको हो । हिमालको आधार शिविरमा पुगेर बास बसेका ...बाँकी