२२ चैत्र, २०७५ |
न्युजकोसेली संवाददाता
सिभिल बैंक लिमिटेडले जाजरकोटको शिवालय गाँउपालिकामा आफ्नो शाखा स्थापना गरेको छ ।
कर्णाली प्रदेशका प्रदेशसभा सदस्य करवीर शाहीले शुक्रबार सो शाखाको उदघाटन गरेका छन् । उदघाटन समारोहमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेशसभा सदस्य करवीर शाही, बैंकका प्रमुख माइक्रो बैकिङ प्रमुख युवराज गुरागाईं...बाँकी
१९ चैत्र, २०७५ |
प्रकाश सिलवाल/रासस
‘समाजवादोन्मूख’ राष्ट्रिय अर्थतन्त्रको दीर्घकालीन सोचसहित राष्ट्रिय योजना आयोगले तयार पारेको १५औं योजनाको मस्यौदा–आधारपत्रलाई अन्तिम रूप दिन चैत २० र २१ गते बैठक बस्दैछ ।
सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यलाई सार्थक बनाउन आयोगले आगामी २५ वर्षे दीर्घकालीन सोचसहित तयार पारेक...बाँकी
१५ चैत्र, २०७५ |
काठमाडौं, १५ चैत ।
‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत माथिल्लो त्रिशुली ‘थ्री– बी’ जलविद्युत् आयोजनामा १० हजार कित्ता सेयर माग गर्दै आवेदन फर्म भरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई जम्मा २० कित्ता मात्रै सेयर पर्यो ।
सेयरका लागि आवेदन दिँदै प्रधानमन्त्री ओलीले चैत ७ मा ‘जनताको जलविद्युत् कार्यक्रम’ को उदघाटन ...बाँकी
१४ चैत्र, २०७५ |
काठमाडौं, १४ चैत ।
यसै साताको शुक्रबार र शनिबार नेपालको राजधानी काठमाडौंमा आयोजना हुने लगानी समम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी सरकाले दिएको छ ।
सम्मेलनमा विश्वविख्यात अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनीहरु ‘माइक्रोसफ्ट’ र ‘अमेजन’ को समेत सहभागिता रहने बताइएको छ । सरकारले बुधबार अर्थ मन्त्रालयमा पत्रकार सम...बाँकी
१३ चैत्र, २०७५ |
काठमाडौं, १३ चैत ।
व्यवसायी अजेयराज सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकबाट स्थानान्तरण गरेको पैसा फर्काउन व्यावहारिक समस्या भएको पत्र बैंकहरुले नेपाल राष्ट्रबैंकलाई पठाएका छन् ।
राष्ट्र बैंकले बैंक खातामा रहेको सुमार्गीको रकम पूर्ववत् अवस्थामा ल्याउन बारम्बार निर्देशन दिएपछि रकम फिर्ता ल्याउन व्यावहारिक समस्या भएको...बाँकी
१२ चैत्र, २०७५ |
काठमाडौं, १२ चैत ।
चालु आर्थिक वर्षको दोस्रो चौमाससम्म प्रतिव्यक्ति ऋण ३२ हजार ९ सय ७८ रुपैयाँ पुगेको छ । महालेखा नियन्त्रक कार्यालयको प्रतिवेदनमा आ.व. ०७५–०७६ को पहिलो ८ महिनासम्म देशको कूल ऋण दायित्व ९ खर्ब ४७ अर्ब ४३ करोड रुपैयाँ पुगेको उल्लेख छ ।
कूल जनसंख्या ३ करोड ८७ लाख २९ हजारलाई आधार मान्दा यस अवधिसम्म प्र...बाँकी
८ चैत्र, २०७५ |
काठमाडौं, ८ चैत ।
सरकारी लाभको पदमा रही अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करदाता सेवा कार्यालय पाँचथरका कर अधिकृत मानबहादुर विक र उनकी श्रीमतीविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
निज विकले आर्जन गरेको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिएको तथा उनको वैध आय १ कर...बाँकी
८ चैत्र, २०७५ |
काठमाडौं, ८ चैत ।
‘सुकुम्बासी’ र ‘अव्यवस्थित बसोवास गर्ने’ का नाममा जग्गा वितरण गर्दा विगतमा विवाद आएको जान्दाजान्दै सरकारले फेरि जग्गा बाँड्ने तयारी गरेको छ ।
राजनीतिक पार्टीले विगतमा पटक–पटक सुकुम्बासीका नाममा आफ्ना कार्यकर्तालाई जग्गा बाँड्दा विवाद आएको थियो । अहिले विवाद आउन नदिन सरकारले कानुन संशोधन गरेर जग्ग...बाँकी
४ चैत्र, २०७५ |
काठमाडौं, ४ चैत ।
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको भए पनि विप्रेषण आप्रवाह (रेमिट्यान्स) भने एक महिनामै ७७ अर्बभन्दा धेरै भित्रिएको छ ।
पुनः श्रम स्वीकृति गरेर वैदेशिक रोजगारीमा जानेको संख्या बढेपछि विप्रेषण आप्रवाह बढेको हो । चालू आर्थिक वर्षको माघसम्ममा विप्रेषण आप्रवाह ५ सय १५ अर्ब ५५ करोड रुपैयाँ प...बाँकी
३ चैत्र, २०७५ |
काठमाडौं, ३ चैत ।
अबको एक वर्षभित्र नेपालमै चारपांग्रे गाडीको उत्पादन सुरु हुने भएको छ । किया र हुन्डाई गाडीका पार्टस् उत्पादन र भित्री प्रणाली जडान गर्दै आएको दक्षिण कोरियाली कम्पनी ‘मोट्रेक्स कम्पनी लिमिटेड’ ले नेपालमै चारपांग्रे गाडी उत्पादन गर्ने भएको हो ।
यसका लागि सो कम्पनीले नेपालमा १० अर्ब ५४ करोड रुपैयाँ ...बाँकी