newskoseli.Com

‘सुन–भरिया’ लाई ३ वर्ष जेल, ४३ करोड जरिवाना !

तस्करीबाट ल्याइएको ८८ केजी सुन बोक्ने ‘भरिया’ लाई अदालतले ४३ करोड बिगो जरिवाना सहित ३ वर्ष जेल सजाय तोकेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले भरिया एवं गाडी चालक मनोज अधिकारीलाई ४३ करोड ७० लाख जरिवाना सहित ३ वर्ष जेल सजायको फैसला गरेको हो । पोखरेलको इजलासले चिनियाँ न...बाँकी

१३ करोडको चिनी ४ महिनादेखि किन अड्कियो गोदाममै ?

चिनी आयातमा सङ्घीय सरकारले परिमाणात्मक बन्देज (कोटा सिस्टम) लगाइदिएपछि सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको करिव १३ करोड रूपैयाँ मूल्यको २ हजार ५ सय मेट्रिक टन भारतीय चिनी सुख्खा बन्दरगाहको गोदाममा थन्किएको ४ महिना भइसकेको छ । नेपालीहरूको महान् चाड दसैं–तिहार तथा छठ पर्व...बाँकी

एडीबीद्वारा नेपाल सरकारलार्इ ३९ अर्ब ३२ करोड सहयोग

एशियाली विकास बैंकले दुई वटा परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई करिव ३९ अर्ब ३२ करोड रूपैयाँ विकास सहायता उपलब्ध गराउने भएको छ । बैंकले दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहायता (सासेक) अन्तर्गतको राजमार्ग सुधार परियोजनाका लागि १८ करोड ८० लाख अमेरिकी डलर र प्रकोप सहनशील विद्यालय निर्माण परिय...बाँकी

भारतमा २८ पटक घट्दा नेपालमा बढ्ने मात्र : झर्‍यो अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाऊ निरन्तर ओरालो लागेको छ । भाऊ घट्न थालेपछि भारतको घरेलु बजारमा पेट्रोल र डिजेल सस्तिएको छ । तर, भारतबाटै तेल खरिद गर्ने नेपाल आयल निगमले भने दुई महिनाअघिकै मूल्यमा नेपाली उपभोक्तालाई पेट्रोल, डिजेल बिक्री गरिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सोमबार ब्रेन्ट ...बाँकी

सांसदबाटै चिनीमा कालोबजारी ! जरिवाना ५ हजार मात्र…

सरकारले तोकेभन्दा बढी मूल्य लिने प्रदेश– ३ का सांसद राजेश शाक्यलाई ५ हजार रुपैयाँ जरिवाना तिराइएको छ । सांसदको सार्वजनिक लेखा समितिले चिनीको मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम गर्न सरकारलाई निर्देशन दिएको थियो । तरर, सरकारले अधिकतम मूल्य ७० रुपैयाँ लागू गरेको थियो । सांसद शाक्यले भने राजधानीको ताहाच...बाँकी

गाडीमा मात्रै १० वर्षमा ५४ अर्ब खर्च ! सरकारी खर्चको यस्तो छ प्राथमिकता…

सरकारी बजेटको ठूलो हिस्सा गाडी खरिदमा सकिने गरेको छ । पछिल्लो १० वर्षमा सरकारले गाडी किन्न मात्रै साढे ५४ अर्ब रूपैयाँ खर्चिएको छ । २०६५ पछि बढीमा ६०–६५ करोडमा वार्षिक गाडी खरिद भइरहेकामा त्यसपछि भने यो क्रम ह्वात्तै बढेर साढे २ अर्ब पुग्यो । त्यो चाप वर्सेनि बढ्दै गएको छ । पछिल्लोे आर्थिक वर्षमा...बाँकी

राष्ट्रपतिलाई गाडी : ४ करोडले पुगेन, थप १४ करोड निकासा

राष्ट्रपति विद्यादेवी भण्डारीलाई सरकारले सेनामार्फत ‘विलासी’ गाडीको ‘सेट’ नै खरिद गर्ने भएको छ । औपचारिक कार्यक्रममा जाँदा चढ्ने, अनौपचारिक रूपमा उपयोग गर्ने, सुरक्षा अधिकारीले प्रयोग गर्ने सहित ८ वटा गाडी किन्ने सरकारको तयारी छ । २०७४ असारमै गाडी खरिद प्रक्रिया अघि बढेको एक अधिकारीले बताए । र...बाँकी

बेरोजगारको नाम बेच्दै ठूला व्यापारीलाई ५० करोडसम्म !

विपन्न तथा बेरोजगार युवालाई स्वरोजगार बनाउन भन्दै ‘युवा स्वरोजगार कोष’ मार्फत सरकारले गरेको अर्बौं लगानी उपलब्धिविहीन भएको छ । ०६५ देखि ०७४ सम्म स्वरोजगार कोषक नाममा ७ अर्ब २७ करोड रुपैयाँ खर्च भए पनि लक्षित समुदायले लाभ लिन सकेका छैनन् । यो रकम बेरोजगारलाई स्वरोजगार बनाउन होइन, पहिल्यै रोजगारी भ...बाँकी

विदेश भ्रमणमा मात्रै २० अर्ब खर्च !

घुम्नकै लागि विदेश जाने क्रम बढेकाले ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिएको नेपाल राष्ट्र बैंकले औंल्याएको छ । मुलुकको निर्यात नबढेको तर आयात चुलिँदै गएकाले विदेशी विनिमय सञ्चिति लगातार घट्दो छ । यही अवस्थामा घुम्न र अध्ययनका लागि पनि अर्बौं रुपैयाँ बाहिरिएपछि राष्ट्र बैंकले विदेशी विनिमय सुविधामा...बाँकी

कमाइको १० प्रतिशत अब बा–आमालाई अनिवार्य !

तपाईं सरकारी वा निजी संस्थामा काम गर्नुहुन्छ ? अनि बा–आमाको लालनपालनको दायित्वबाट पन्छिनुभएको त छैन ?  अब भने कानुनले नै तपाईंलाई जिम्मेवार बनाउँदैछ । सार्वजनिक पद धारण गरेका व्यक्तिको मासिक आम्दानीको १० प्रतिशत रकम बा–आमाका लागि छुट्याउनुपर्ने प्रावधान सहितको कानुनको तयारी हुँदै छ । मासिक ...बाँकी