सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) को बुकलेट खरिदका लागि फ्रान्सेली कम्पनी आईएन ग्रुपसँग जीटुजी गर्ने प्रक्रिया अघि बढाएको छ ।
राहदानी विभागले परराष्ट्र मन्त्रालय हुँदै २५ लाख थान एमआरपीको बुकलेट सरकार–सरकारबीच हुने खरिद प्रक्रिया (जीटुजी) का माध्यमबाट खरिद गर्ने प्रस्ताव गतसाता नै मन्त्रिपरि...बाँकी
ठूलो भ्रष्टाचार प्रकरण बाहिरिएसँग मन्त्रीपरिषदबाट हट्नु परेका निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा नयाँ योजनामा कमिसन खोज्ने मात्र होइन, भइसकेका ठेक्का रद्द गरेर पनि आफ्नो स्वार्थअनुसार अघि बढाउन क्रियाशील थिए ।
१. प्राविधिक कमिटीको सुझावविपरीत २८ अर्बको स्याटलाइट खरिद प्रक्रिया
२. करोड...बाँकी
बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हालसम्मकै उच्च कारोबार भएको छ । पछिल्लो समय शेयरबजार सुधारको बाटोमा जाँदा बिहीबार २ अर्ब ७८ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो ।
यसअघि २०७३ साउन ११ मा २ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । नेप्सेको इतिहासमा दैनिक कारोबार यसरी २ अर्बभन्दा बढी ...बाँकी
कृषि मन्त्रालयअन्तर्गत सञ्चालित व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) ले अनुदान बाँडेको १ करोड १८ लाख रकम हिनामिना भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसमा छानबिन गरिरहेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाले शीतभण्डारगृह निर्माणका लागि बाँडेको ४ करोड ६९ लाख पनि हिनामिना भएको...बाँकी
केन्द्र, प्रदेश र स्थानीय तहका ‘जनप्रतिनिधि’ ले आफ्नो आम्दानीको हैसियतभन्दा माथि पुगेर महँगा सवारी साधन खरिद गरी राज्य कोषको ढुकुटी रित्याउन थालेपछि सरकारले गाडी खरिद प्रक्रियामा थप कडाइ गर्ने भएको छ ।
अहिले केन्द्रदेखि स्थानीय तहका ‘जनप्रतिनिधि’, कर्मचारीलगायत उच्चपदस्थ व्यक्तिमा महँगा गाडी खरिद...बाँकी
एक दशकअघि हजार रुपैयाँको लगानीबाट व्यवसाय सुरु गरेका व्यक्ति करोडौं रुपैयाँको मालिक भएको खबर सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । यो यथार्थ हो । २०५७ मा मकवानपुरबाट पोखरा आएर व्यवसाय थालेका दीपक तिमिल्सिना आफ्नो पसिनाको कमाइबाट करोडौंको मालिक बनेका छन् ।
पश्चिम नेपालका ग्रामीण क्षेत्रबाट दाल, गेडागुड...बाँकी
केही दिनदेखि प्याजको भाऊ घटेको छ भने लसुनको भाऊ उच्च हुँदा कारोबार नै ठप्प भएको छ । भारतीय बजारबाट प्याज आउन थालेसँगै उपत्यकाका बजारमा प्याजको भाउ घटेको हो । असोजदेखि महँगिएर मङ्सिरमा थोकमै १८० रुपैयाँ पुगेको प्याजको मूल्य घटेर अहिले ७३ रुपियाँमा थोक कारोबार भइरहेको छ ।
त्यस अवधिमा प्याजको खुद्रा...बाँकी
‘भ्यालेन्टाइन डे’ का लागि पछिल्लो एक सातामा मात्रै भारतबाट नेपालमा १ करोड ६० लाख रुपैयाँको गुलाब आयात भएको छ । नेपाल पुष्प व्यवसायी संघका अनुसार फेब्रुअरी १४ मा मनाइने ‘प्रेम दिवस’ का लागि सो रकम बराबरका दुई लाख थान गुलाब आयात भएको हो ।
फेब्रुअरी १४ लाई ‘भ्यालेन्टाइन डे’ का रूपमा मनाउने गरिएको छ ...बाँकी
नेपालमा जन्मिएका हरेक बालबालिकाले नेपालमै बढ्न र पढ्न पाउने ग्यारेन्टी संविधानले गरेको छ । तर, राज्य आफैंले २० वर्षमा २ हजार ६ सय ३३ नेपाली बालबालिकालाई ‘धर्मसन्तान’ का नाममा विदेशीलाई सुम्पेको छ ।
अझ विडम्बना ! सरकारले बालबालिका विदेशीलाई जिम्मा लगाएवापत ८ हजार डलरका दरले रकम पनि लिने गरेको छ । ...बाँकी
स्थानीय तहमा करको नभई गैरकरको निरन्तर चाप बढेको छ । स्थानीय सरकारले करको दर र दायरा वृद्धि गरेको भए नागरिक स्तरमा विरोध नभई स्वागत हुने थियो ।
स्थानीय सरकारले कर र गैरकरको दर वृद्धि गरेको विरोधमा नागरिक स्तरबाट विभिन्न समयमा नारा जुलुस, धर्ना र ध्यानाकर्षण गराउने लगायतका विरोध हुँदै आएका छन् । कर...बाँकी