३२ श्रावण, २०७३ |
चौथो नेपाल कप फुटबल प्रतियोगिताको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ । सोमबार साँझ सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।
उपाधिका साथ आर्मीले ३ लाख रुपैयाँ र ट्रफी हात पारेको छ । उपविजेता पुलिसले २ लाख नगद पुरस्कार पाए...बाँकी
२५ श्रावण, २०७३ |
न्युजकोसेली संवाददाता
ब्राजिलमा जारी रियो ओलम्पिकअन्तर्गत आर्चरी (धनुकाँड) खेलमा स्वर्ण पदकका लागि नेपालका जीतबहादुर मोक्तानले मङ्गलबार प्रतिस्पर्धा गर्दैछन् ।
पुरुष ७० मिटर आर्चरीमा उनले पहिलो खेल भारतका अतानु दाससँग खेल्नु पर्नेछ । उनको खेल नेपाली समयानुसार साँझ ५ः२१ बाट सुरु हुनेछ ।
यसअघि मोक्तान शनिबार भएको खेलमा ६...बाँकी
१९ श्रावण, २०७३ |
आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसीपअन्तर्गत यही महिना नेदरल्यान्ड्सविरुद्ध खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)का प्रतिनिधि भेन्काटापथी राजु, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्कासहितको छनोट समितिले बुधबार १५...बाँकी
१५ श्रावण, २०७३ |
रुसको भारोत्तलन टोलीले रियो ओलम्पिकमा खेल्न नपाउने भएको छ । डोपिङका कारण रुसको भारोत्तलन टोलीमाथि ब्राजिलमा हुने रियो ओलम्पिकमा खेल्न नपाउने गरि प्रतिबन्ध लागेको हो ।
विश्व एन्टी डोपिङ एजेन्सी वाडाको जाँचमा रुसका १० भारोत्तलन खेलाडीको नाम समावेश भएकाले प्रतिबन्ध लगाइएको त्यहाँको भारोत्तलन संघले ज...बाँकी
१४ श्रावण, २०७३ |
नेपाल र भारतको महिला टोलीबीचको दोस्रो मैत्रिपूर्ण भलिबल खेल आज हुँदैछ । हिजो भएको पहिलो खेलमा पराजित भएको नेपाल आज अझै सुधारिएको प्रदर्शन गर्ने तयारीमा छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हिजो भएको खेलमा नेपाल ३–० को सोझो सेटमा पराजित भयो । दक्षिण एसियाको शीर्ष टो...बाँकी
१२ श्रावण, २०७३ |
स्विस टेनिस खेलाडी रोजर फेडेररले चोटका कारण आसन्न रियो ओलम्पिक खेल्न नसक्ने भएका छन् ।
मंगलबार आफ्नो फेसबुक पेजमार्फत उनले यो सिजनका बाँकी कुनै पनि प्रतियोगिता खेल्न नसक्ने जानकारी गराएका हुन् । यो सँगै ३४ वर्षीय फेडेररको ओलम्पिक गेम्समा एकलतर्फ स्वर्ण पदक जित्ने सपना अधुरै रहने भएको छ ।
सन् २...बाँकी
११ श्रावण, २०७३ |
रुसका ७ जना पौडी खेलाडीले आसन्न रियो ओलम्पिकमा सहभागिता जनाउन नपाउने भएका छन् । सनसनीपूर्ण डोपिङ प्रतिवेदनपछि पौडीको विश्व संस्था फिनाले ७ जना पौडीवाजलाई रियो ओलम्पिक खेल्नबाट प्रतिबन्ध लगाएको हो ।
यसरी प्रतिबन्ध लाग्ने खेलाडीमा हालै सम्न्न फिना विश्व च्याम्पियनसिपमा महिला सय मिटर ब्रेष्ट स्टोकतर...बाँकी
३ श्रावण, २०७३ |
न्यूजकोसेली संवाददाता
बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार चौथो जित निकालेको छ । आइतबार राती भएको खेलमा नेपाली टोलीले बेलायतको स्थानीय क्रिकेट क्लब इस्टबर्नलाई एक सय ८१ रनले हराएको हो ।
नेपालले प्रस्तुत गरेको तीन सय एक रनको लक्ष्य पछ्याएको इस्टबर्नले ३४ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर एक सय १९ रन...बाँकी
३ श्रावण, २०७३ |
न्यूजकोसेली संवाददाता
इंग्ल्याण्डविरुद्धको पहिलो टेस्ट क्रिकेटमा पाकिस्तान विजयी भएकोे छ । ऐतिहासिक लर्ड्स मैदानमा गएराति सकिएको पहिलो टेस्ट म्याचमा पाकिस्तान ७५ रनले विजयी भएको हो ।
जितका लागि चौथो दिन २ सय ८३ रनको लक्ष्य पछ्याएको इंग्लिस टोलीले २ सय ७ रन मात्रै बनाएपछि पाहुना टोली पाकिस्तान ७५ रनले विजयी भएको हो ।
...बाँकी
२ श्रावण, २०७३ |
न्यूजकोसेली संवाददाता
ब्राजिलमा ओलम्पिक खेलकुदको मिती नजिकिंदै जाँदा जिका भाईरसको त्रास कायमै छ । पछिल्लो दुई वर्षदेखि लेटिन अमेरिकी मुलुकहरुमा जिका भाईरसको संक्रमण बढीरहेको छ ।
ओलम्पिक आयोजक ब्राजिलले यो संक्रमण रोक्न सम्भव भएसम्मका सबै प्रयास गरेको दावी गरेपनि विश्वभरका खेलाडीहरु भने यसमा विश्वस्त हुन सकेका छैनन् ।
...बाँकी