२६ चैत्र, २०७५ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको कञ्चनपुरस्थित भीमदत्त नगरपालिकाका सचिव रघुवीर जोशी पक्राउ परेका छन् ।
४१ वर्षीय जोशीलाई सोही नगरपालिका– ९, मटैनास्थित ५ नम्बर नेपाल–भारत सीमा स्तम्भ नजिकबाट मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्ष...बाँकी
२६ चैत्र, २०७५ |
न्युजकोसेली संवाददाता
चैत २८ मा भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका नेपालका बैतडीसहित सुदूरपश्चिमका सबै नाका मंगलबारदेखि ३ दिनका लागि बन्द गरिएका छन् ।
भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएको सुदूरपश्चिमका सबै नाकाहरु चैत २८ सम्म बन्द रहनेछन् । यसअघि भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत सी...बाँकी
२६ चैत्र, २०७५ |
न्युजकोसेली संवाददाता
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको मूल नेतृत्वकर्ता नै गुट–उपगुटमा लाग्दा र बीपी, गणेशमान, किसुनजी र गिरिजा बिर्संदा पार्टीको दुर्गति हुनुका साथै केन्द्रदेखि जिल्लास्तरसम्मै पार्टी कमजोर बन्न पुगेको दुःखेसाे पाेखेका छन् ।
चरम गुटबन्दीले कांग्रेसको भविष्य संकटमा परेको...बाँकी
२५ चैत्र, २०७५ |
न्युजकोसेली संवाददाता
राजधानीको बसुन्धारास्थित ओसिस क्याफेसँगै रहेको ‘द वर्ल्ड कल्चर आर्ट एसोसिएन अफ नेपाल’ को अफिसमा सकेट बम फेला परेको छ ।
उक्त स्थानमा हतियार लुकाइएको सूचना आएपछि पुगेको प्रहरी टोलीले सो कार्यालयको माथिल्लो कोठास्थित सोफामुनि बम फेला पारेको हो । टोखा नगरपालिका– ५, का स्थानीयवासी जितमान गुरुङको उक...बाँकी
२५ चैत्र, २०७५ |
न्युजकोसेली संवाददाता
मलेसियाको सेपाङ भन्ने स्थानमा आइतबार राति यात्रुबाहक बस दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ । सोही दुर्घटनामा बाह्र नेपाली घाइते भएका छन् ।
क्वालालुम्पुरस्थित अन्तर्राष्ट्रिय एअरपोर्टनजिकै बस दुर्घटना हुँदा दुई नेपालीसहित एघार जनाको मृत्यु भएको हो । ४३ जना सवार बसमा १४ जना नेपाली यात्रु ...बाँकी
२५ चैत्र, २०७५ |
भीष्मराज ओझा/रासस
गत साता बारा र पर्सामा गएको मौसम प्रणाली साधारण हुरी नभई ‘टोर्नाडो’ भएको प्रारम्भिक अध्ययनले देखाएपछि मौसमविद्को टोलीले स्थलगत अध्ययन थालेको छ ।
वैज्ञानिक तथा स्थलगत अध्ययन अनुसन्धानका लागि जल तथा मौसम विज्ञान विभागको नेतृत्वमा एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) र द स...बाँकी
२४ चैत्र, २०७५ |
पोखरा, २४ चैत ।
गण्डकी प्रदेशका कास्की र मुस्ताङमा आइतबार दुई जना मृत फेला परेका छन् ।
पोखरा महानरपालिका– ३१, बेगनास तालस्थित डुंगाघाटमा ४५ वर्षीय एक पुरुष तथा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका– ४, ताक्लिङमा ३५ वर्षीय अर्का एक पुरुषको शव फेला गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्...बाँकी
२४ चैत्र, २०७५ |
न्युजकोसेली संवाददाता
धनुषाधाम नगरपालिका– ५, धनुषामा खेतमा गाडेर राखिएको अवस्थाका ३ वटा सुतली बम विष्फोट भएका छन् ।
आइतबार साँझ ती सुतली बम विष्फोट भएको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक हिरनकुमार यादवले जनाएका छन् । वडा कार्यलयभन्दा ५ सय मिटर टाढा रहेको खेतमा ती बम बिस्फोट भएको जानकारी उनले दिए ।
ज...बाँकी
२४ चैत्र, २०७५ |
न्युजकोसेली संवाददाता
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेतामध्येका एक हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई आइतबार सर्वोच्च अदालतमा हाजिर गराइने भएको छ ।
चैत ७ गते बिहानै ललितपुर र काभ्रेपलाञ्चोकको सीमानामा प्रहरीले पक्राउ गरी ललितपुरको जाउलाखेलस्थित महानगरीय प्रहरी परिसरमा राखिएको छ । न...बाँकी
२३ चैत्र, २०७५ |
न्युजकोसेली संवाददाता
शनिबार दिउँसो हावाहुरीसहित परेको चट्याङबाट मोरङ र झापामा दुई जनाको मृत्यु भएको छ भने अरू दुई जना घाइते भएका छन् ।
चट्याङ लागेर मोरङको बुढीगंगा गाउँपालिका– ३ की १० वर्षीया आराधना राजवंशीको मृत्यु भएको छ । पानी पर्न थालेपछि बाहिर रहेका गाईवस्तुलाई घर ल्याउने क्रममा चट्याङ लागेर घाइते भएकी आराधना...बाँकी