newskoseli.Com

उपभोक्ता ठग्ने ४ पेट्रोल पम्पमाथि कार्बाही

उपभोक्तालाई कम पेट्रोलियम पदार्थ दिएर ठगी गरेको अभियोगमा बारा, कलैयाका चारवटा पेट्रोल पम्पलाई गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले कार्बाही गरेको छ । सो कार्यालयले केही दिनअघि स्थानीय प्रहरी प्रशासनको सहयोगमा गरेको अनुगमनबाट बारा जिल्लाको कलैया उपमहानगरपालिका भित्र सञ्चानमा रहेका पेट्र...बाँकी

किराँतीको कटाक्ष : ‘केपी–प्रचण्ड नचिनेका विष्ट होइनन्, देखिसकियो समाजवाद र समृद्धि !’

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड आफूहरुका लागि नयाँ पात्र नभएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय संयोजक गोपाल किराँतीले उनीहरुविरुद्ध कटाक्ष गरेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले शनिबार आयोजना गरेको जनस...बाँकी

कालिञ्चोक मन्दिर दर्शनार्थीको लेक लागेर मृत्यु

दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल कालिञ्चोक मन्दिर दर्शन गर्न आएका एक पर्यटकको लेक लागेर मृत्यु भएको छ । काठमाडौंको काँडाघारीबाट दर्शन गर्न आएका ५८ वर्षीय कृष्णप्रसाद गौतमको शनिबार मृत्यु भएको हो । अत्यधिक चिसो र लेक लागेका कारण गौतमको मृत्यु भएको हुन सक्ने प्रहरी नायब उपरीक्षक बासुदेव पा...बाँकी

बालिका बलात्कारको आरोपमा वृद्ध पक्राउ

बालिकालाई बलात्कार गरेको आरोपमा घरमा पाहुना आएका ७४ वर्षीय व्यक्ति शुक्रबार पक्राउ परेका छन् । इन्सेक सप्तरीले ११ महिनाको अवधिमा सप्तरीमा ३३ बालिका बलात्कृत र १३ बालिकामाथि बलात्कार प्रयासको घटना भएको प्रतिवेदन सार्वजनिक गरेकै दिन बालिका बलात्कारको आरोपमा तिरहुत गाउँपालिकाका महावीर सरदार पक्राउ प...बाँकी

कोटेश्वर–कलङ्की सडक : थप ७ वटा आकाशे पुल बन्दै

कोटेश्वर–कलङ्की सडकमा बन्दै गरेका ३ वटा बाहेक थप ७ स्थानमा आकाशे पुल बन्ने भएका छन् । चिनियाँ सरकारको आर्थिक सहयोगमा निर्माणाधीन सो सडकमा ३ ठाउँमा पुल बनाउने सम्झौता भएको थियो । पैदल यात्रुलाई सडक काट्न असहज भएपछि सरकारले थप ७ ठाउँमा आकाशे पुल बनाउन सुरु गरेको हो । चिनियाँ निर्माण कम्पनी सङ्घार्इ...बाँकी

बिहीबारै अर्को दुर्घटना : १८ मृतकको सनाखत, २६ घाइते, ११ को अवस्था गम्भीर

डडेल्धुरा–डोटी जोड्ने डा. केआई सिंह राजमार्गको रडुवा खोलामा बिहीबार साँझ भएको शिखर नगरपालिकास्थित पिसजोन एकेडेमी स्कुल बस दुर्घटनामा ज्यान गुमाएका १८ जनाको सनाखत भएको छ । ट्राफिक प्रहरी पोस्ट डडेल्धुराका प्रमुख प्रहरी नायब निरीक्षक गणेश नागारीले दिएको जानकारी अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरुमा ...बाँकी

बिहीबार बस दुर्घटना : ३ को मृत्यु, ४० घाइते

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका– २ स्थित कमला पुल नजिकै बिहीबार राति भएको बस दुर्घटनामा परी घाइतेमध्ये थप दुईको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ । घाइतेमध्ये सर्लाहीको हरिपुर नगरपालिका– ९ निवासी ६५ वर्षीय रामवृक्ष साह र सर्लाहीकै कविलाशी नगरपाल...बाँकी

एकाबिहानै बस दुर्घटना : १ को मृत्यु १८ घाइते

मालिकार्जुनबाट दार्चुलाको सदरमुकाम खलङ्गा आइरहेको म १ ख ४३६ नम्बरको बस दुर्घटना हुँदा १ को मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । बिहीबार राति मालिकार्जुन मन्दिरको जात्रामा गएका भक्तजन लिएर आइरहेको बस शुक्रबार बिहान पौने ५ बजे दुर्घटना भएको हो । अहिलेसम्म उद्धार गरिएका १६ घाइतेलाई उपचारका लागि...बाँकी

वडाध्यक्षविरुद्ध बलात्कारको जाहेरी दर्ता

तनहुँको शुक्लागण्डकी नगरपालिका– ८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीविरुद्ध इलाका प्रहरी कार्यालय बेलचौतारामा बलात्कारको जाहेरी दर्ता भएको छ । रेग्मीले आफूलाई बलात्कार गरेको भन्दै सोही वडाकी एक महिलाले बिहीबार जाहेरी दर्ता गराएकी थिइन् । उनको बिहीबार नै स्वास्थ्य परीक्षण गरिएको छ । वडाध्यक्षविरुद्ध ...बाँकी

नेकपा सचिवालय बैठक सुरु : संगठनात्मक एकीकरणबारे प्रस्ताव पेस

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । बैठकमा महासचिव विष्णु पौडेलले पार्टीको संगठनात्मक एकीकरणबारे प्रस्ताव पेस गरेका छन् । यसअघिको बैठकमा गठन गरिएको महासचिव पौडेल र नेता रामबहादुर थापा ‘बादल’ रहेको कार्यदलले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहीबार सुरु बै...बाँकी