newskoseli.Com

दोहोरो अङ्कले घट्यो शेयर बजार…

धितोपत्र बजारमा सोमबार पनि शेयरको मूल्य ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार १८.०४ बिन्दुले घटेर १ हजार २ सय ३८.६७ पुगेको छ । आइतबारजस्तै सोमबार पनि बजार दोहोरो अंकले ओरालो लागेको हो । ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ४.२९ बिन्दुले घटेर २ सय ६२.८० बिन्दुमा...बाँकी

म्यानपावरको धरौटी : ठूला कम्पनीलाई ६ करोड, सानालाई ३ करोड

म्यानपावर कम्पनीले राख्नुपर्ने धरौटी ६ करोडबाट ८ करोड रुपैयाँ पुर्‍याउने तयारी गर्दा चर्को विरोध खेपेको सरकारले कामदार पठाएको तथ्यांक अनुसार धरौटीको सीमा तोक्ने तयारी गरेको छ । सबै म्यानपावरले ६ करोडको एकै खाले धरौटी राख्नुपर्ने व्यवस्थालाई संशोधन गर्दै सरकारले धरौटी रकमको सीमा दुईथरी राख्ने तयार...बाँकी

संघीय सांसदलाई साढे ६ अर्ब रुपैयाँ…

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका लागि सांसदले खर्च गर्न पाउने गरी संघीय सरकारले वार्षिक ६ अर्ब ६० करोड रुपैयाँ रकम पठाउने भएको छ । मन्त्रिपरिषदले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ असोज ५ मा स्वीकृत गरेको थियो । कार्यविधि अनुसार त्यस्ता कार्यक्रमका लागि...बाँकी

कतारले दिन्छ प्रतिघन्टा ३० रियाल, कामदारले पाउँछन् ६ रियाल !

निर्माण क्षेत्रमा कार्यरत कामदारका लागि कतारमा प्रतिघन्टा ३० रियाल छुट्याइए पनि कामदारहरुको हातमा भने जम्मा ६ रियाल मात्रै पर्ने गरेको छ । कतार सरकारका आयोजनामा काम गर्ने कामदारका लागि प्रतिघन्टा ३० रियाल ज्याला छुट्याइएको हो । कतार सरकारले कामदारका लागि भन्दै आयोजनाको मुख्य ठेकेदार कम्पनीलाई यो ...बाँकी

बैंकहरूले ऋणको ब्याज जुनसुकै बेला घटाउन सक्ने

बैंक तथा वित्तीय संस्थाले जुनसुकै बेला ऋणको ब्याजदर घटाउन पाउने भएका छन् । हालै जारी भएको एकीकृत निर्देशनमार्फत राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो । यसअघि आधार ब्याजदर (बेस रेट) मा आएको परिवर्तन अनुसार त्रैमासिक रूपमा मात्र घटाउन पाइने व्यवस्था थियो । नयाँ व्यवस्था अनुसार आधार ब्याजदरमा कमी आए...बाँकी

फेरि १३५ प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य !

२०७४ भदौ २२ मा सेतो आलु– ३५, स्थानीय काउली– ६५, बोडी– ८५, रायोको साग– ६५ रुपैयाँ प्रतिकिलो थियो । २०७५ भदौ २४ मा सेतो आलु– ६८, स्थानीय काउली– १२५, बोडी– ८५, रायोको साग– १२५ रुपैयाँ प्रतिकिलो भयो । यो तथ्यांकले गत वर्षको तुलनामा अहिले तरकारीको मूल्य कति बढ्यो भन्ने स्पष्टै देखिन्छ । गत वर्ष भदौ २४...बाँकी

शेयर बजार दोहोरो अङ्कले ओरालो

आइतबार धितोपत्र बजार दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से परिसूचक १०.७९ विन्दुले घटेर १ हजार २१८.९८ विन्दुमा झरेको छ । यस्तै, ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.१९ विन्दुले घटेर २५८.१६ विन्दुमा पुगेको छ । नेप्से परिसूचक घट...बाँकी

डलरको भाऊ बढ्दा महँगिँदै नेपालीको दसैं !

अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर हुँदा नजिकिँदै गरेको दसैं महँगो हुने भएको छ । आयातमा निर्भर अर्थतन्त्र भएकाले डलर बलियो हुँदा दैनिक उपभोग्य सामग्रीको मूल्य बढ्ने भएपछि नेपालीहरुको सबैभन्दा ठूलो चाड दसैं महँगो हुने भएको हो । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि निर्धारण गरे...बाँकी

‘विदेशी लगानी भित्र्याउन एकद्वार प्रणाली’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विदेशी लगानी भित्र्याउने क्रममा देखिएको समस्या समाधान गर्न सरकारले एकद्वार प्रणाली लागू गर्ने तयारी गरेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बिहीबार राजधानीमा आयोजना गरेको ‘द्विपक्षीय लगानी सम्झौता’ सम्बन्धी छलफलमा विदेशी लगानीक...बाँकी

९ अंकले बढ्यो शेयर बजार

साताको पहिलो दिन आइतबार शेयर बजारमा सुखद सुरुआत भएको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोबार मापक नेप्से परिसूचक ८.५९ बिन्दुले बढेर १ हजार १ सय ९० बिन्दुमा पुगेको छ । यस्तै, ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापक सूचक (सेन्सेटिभ परिसूचक) २.०१ बिन्दुले बढेर २५१.८० बिन्दुमा पुगेको छ । गत साताको कारोबा...बाँकी