१२ मंसिर, २०७४ |
न्युजकोसेली संवाददाता
सानिमा क्यापिटलले १ अर्ब २० करोड रुपैयाँको इकार्इ निष्काशन गर्ने भएको छ । सानिमा बैंक कोष प्रबर्द्धक रहेको क्यापिटलले १० रुपैयाँ दरका १२ करोड इकार्इ निष्काशन गर्न लागेको हो ।
सातवर्षे बन्दमुखी योजनामा कूल १५ प्रतिशत अर्थात् १ करोड ८० लाख रुपैयाँका इकार्इ सानिमा बैंकले र सानिमा क्यापिटलले किन्नेछन...बाँकी
११ मंसिर, २०७४ |
न्युजकोसेली संवाददाता
धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशीला मिश्र भट्टले स्वावलम्बनका लागि उद्यमशीलता आवश्यक भएको बताएकी छन् ।
यहाँस्थित गीताञ्जली ब्युटी पार्लर तथा तालिम केन्द्रको उद्घाटन गर्दै मिश्रले स्वरोजगारमूलक व्यवसायले व्यक्तित्व विकासका साथै युवाहरुलाई स्वावलम्बी बन्न सघाउने बताएकी हुन् ।
युवाहरुका यस्ता ...बाँकी
४ मंसिर, २०७४ |
काठमाडौं, ४ मंसिर ।
ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा सोमबार (मंसिर ४) देखि काठमाडौंको तारकेश्वर नगरपालिका– ११, नेपालटारमा नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याएको छ ।
तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा र विकास बैंकका सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रु...बाँकी
२७ कार्तिक, २०७४ |
जुम्ला, २७ कात्तिक
एनआर्इसी एशिया बैंकले जुम्लामा आफ्नो शाखा विस्तार गरेको छ । आइतबार चन्दननाथ नगरपालिका– ५, जुम्लामा बैंकले आफ्नो शाखा उदघाटन गरेको हो ।
जुम्लामा स्थापित नयाँ शाखाको उदघाटन उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रामदत्त रावलले गरे । बैंकको उदघाटन गर्दै अध्यक्ष रावलले अन्य बैंकको तुलनामा यसले फरक स...बाँकी
२५ भाद्र, २०७४ |
काठमाडौं, २५ भदौ ।
नेपाल खाद्य संस्थानले दसैंलाई लक्षित गरी यसपाला मुस्ताङबाट च्याङ्ग्रा खरिद गर्ने भएको छ । केरुङबाट आयात गर्दा ढुवानी लागत बढ्ने भएकाले मुस्ताङबाट खरिद गर्न लागेको हो ।
संस्थानले ३ वर्षदेखि लगातार च्याङ्ग्रा खरिद गर्दै आएको छ । यसपाला असोज ५ देखि ६ सम्म च्याङ्ग्रा राजधानी भित्रिसक्ने संस्थानका प्र...बाँकी
१७ भाद्र, २०७४ |
काठमाडौं, १६ भदौ ।
नेपालमा वार्षिक ७ खर्ब रूपैयाँ बराबरको विप्रेषण (रेमिट्यान्स) भित्रिने गरेको छ । राजधानीमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उक्त रकममध्ये १५ प्रतिशत कारोबार सिटी एक्सप्रेस मनी ट्रान्सफरले गर्दै आएको जानकारी दिइयो ।
देशमा हाल ४० प्रतिशत मानिस मात्र बैंकिङ पहुँचमा रहेका छन् र बाँकी ६० प्रतिशतले बैंक...बाँकी
१६ भाद्र, २०७४ |
काठमाडौं, १६ भदौ ।
अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्रमा सकारात्मक सूचक देखिन थालेको उल्लेख गर्दै सबै क्षेत्रबाट सहयोग एवं लगानीका क्षेत्रमा क्रियाशील हुन आग्रह गरेका छन् ।
उनले भने– “अर्थतन्त्र चुनौती र अवसरको दोसाँधमा छ, यसलाई कसरी सबल बनाउन सकिन्छ भन्नेमा हामी चिन्तनशील छौं । उद्योगी–व्यवसा...बाँकी
१२ भाद्र, २०७४ |
न्युजकोसेली संवाददाता
आईएमईले दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी ‘आईएमई छक्का–पञ्जा’ अफर सार्वजनिक गरेको छ ।
भदौ १२ देखि मंसिर ३ (१२ हप्ता) सम्म सञ्चालन हुने सेवाग्राहीमुखी प्रवद्र्धनात्मक कार्यक्रममा देश–विदेशका लाखौं सेवाग्राही सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।
योजनाअन्तर्गत योजना अवधिभर दैनिक लक्की ड्रबाट छन...बाँकी
१० भाद्र, २०७४ |
काठमाडौं, १० भदौ ।
धितोपत्र बजारमा यस साता ३ अर्ब ३१ करोड ४९ लाख ६५ रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेञ्जका अनुसार यस साता १ अर्ब ४८ लाख ३० हजार ८ सय ८० कित्ता शेयर खरिद–बिक्री भएका छन् ।
कारोबार रकम गत साताको भन्दा ८ दशमलव ४५ प्रतिशत बढी हो । गत साता कूल १ सय ७८ कम्पनीको ३ अर्ब ५ करोड ६७ लाख ६२ ह...बाँकी
३० श्रावण, २०७४ |
सुशील दर्नाल
मुलुकको दूरसञ्चार बजारमा देखिएको प्रतिस्पर्धात्मक वातावरणमा बजार हिस्सा अभिवृद्धि गर्नुका साथै सेवाको गुणस्तर सुदृढ गर्ने कार्यलाई प्राथमिकता दिन नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०७४/७५ को वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।
उपभोक्ता वर्गको अपेक्षा अनुरूप दूरसञ्चार सेवा प्रदान गर्ने कार्यलाई प्...बाँकी