८ पुष, २०७५ |
काठमाडौं, ८ पुस ।
काठमाडौंको घन्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा आइतबार साँझ आगलागी भएको छ ।
अत्यधिक जाडो मौसम भएकाले आगो ताप्ने क्रममा फैलिएको आगो केही बेरमा नियन्त्रणमा लिइएको थियो । पछि फेरि जेनेरेटर सर्ट हुँदा दोस्रो पटक आगलागी भयो ।
स्ववियु कार्यालय नजिकै रहेको अर्को भवनमा आगलागी भएको जानकारी महानगरीय प्रहर...बाँकी
७ पुष, २०७५ |
बाँके, ७ पुस ।
चोरीका घटना बढ्न थालेपछि प्रहरीले कोहलपुरमा ‘रातभरि थुन्ने अभियान’ सुरु गरेको छ । अत्यावश्यक कामबाहेक त्यत्तिकै राति १० बजेपछि हिँड्नेलाई रातभर थुन्ने गरिएको कोहलपुर प्रहरीले जनाएको छ ।
‘लागूपदार्थ प्रयोगकर्ता र लामो कपाल पालेका व्यक्ति राति भेटिए थुन्ने गरेका छौं,’ कोहलपुर इलाका प्रहरी कार्यालयक...बाँकी
६ पुष, २०७५ |
गौशाला (महोत्तरी), ६ पुस ।
जलेश्वर कारागारमा कैद भुक्तान गर्दै आएका एक कैदीको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको छ ।
धनुषाको साविक धनौजी गाविस– ४ बस्ने अन्दाजी वर्ष ४० का रामनाथ मण्डल धानुकको मृत्यु भएको जेलर शोभेन्द्र ठाकुरले बताए ।
धनुषा जिल्ला अदालतको आदेशानुसार २०७४ भदौ ५ देखि लागूऔषध मुद्दामा जरिवानासहित एक ...बाँकी
५ पुष, २०७५ |
भद्रपुर, ५ पुस ।
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मेचीनगरका नेता दीपक भण्डारी बुधबार बिहानदेखि सम्पर्कविहीन भएपछि उनको खोजी सुरु भएको छ ।
तत्कालीन नेकपा (एमाले) को मेचीनगर अध्यक्ष, धुलाबारी जेसिसका पूर्वअध्यक्ष, हिमालयन मल्टिपल कलेजका निर्देशकलगायत थुप्रै जिम्मेवारीमा रहनुभएका भण्डारी मेचीनगर– १० स्थि...बाँकी
५ पुष, २०७५ |
कावासोती, ५ पुस ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती– १४ मा बिहीबार बिहान बस अनियन्त्रित भई खोलामा खस्दा एक जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन् ।
काँकडभिट्टाबाट बुटवलका लागि छुटेको ना ४ ख ७०४६ नम्बरको बस कावासोती– १४ स्थित झिनकी भणरिनिया खोलामा खसेको हो । बस खस्दा भारतको महाराजगञ्ज घर भएक...बाँकी
४ पुष, २०७५ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको जारी बैठक बुधबार पनि पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा ३ घन्टा बस्यो ।
बुधबारको बैठकमा ८ जना स्थायी कमिटी सदस्यहरुले आ–आफ्नो धारणा राखेको महासचिव विष्णु पौडेलले जनाएका छन् । पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिए अनुसार बुधबार देवप्रस...बाँकी
४ पुष, २०७५ |
हेटौंडा, ४ पुस ।
खाद्य सामग्रीमा अखाद्य वस्तु मिसावट गरी उत्पादन तथा बिक्रीवितरण गर्ने ७९ वटा औद्योगिक तथा व्यवसायी प्रतिष्ठानमाथि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले मुद्दा दायर गरेको छ ।
४ महिना यता (२०७५ साउनदेखि कात्तिकसम्म) विभिन्न ठाउँमा गरिएको अनुगमन तथा खाद्य वस्तुको परीक्षण गर्दा दूषित एवम...बाँकी
३ पुष, २०७५ |
इलाम, ३ पुस ।
सन्दकपुर गाउँपालिकाकी एक बालिका १२ दिनदेखि बेपत्ता भएकी छन् ।
सन्दकपुर गाउँपालिकास्थित जमुनाकी १२ वर्षीया मुना गुरुङ मंसिर २० यता परिवारको सम्पर्कमा नआएकी हुन् । बालिका २० गते बिहान विद्यालय गएको तर बेलुका फर्केर घर नआएको बालिकाका बुबा ओमबहादुर गुरुङले बताए ।
बालिका घर नफर्के पनि आफन्तकहाँ गएक...बाँकी
३ पुष, २०७५ |
वीरगञ्ज, ३ पुस ।
पेट्रोलियम पदार्थको तस्करी रोक्न खोज्दा सोमबार राति ३ बजेतिर तस्करले प्रहरी चौकी पाङ्डेपुरका प्रहरीलाई कुटपिट गरी हतियार खोसेर फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
स्थानीय औरही खोलाको बाटो हुँदै सीमावर्ती भारतको इनर्वा बजारतर्फ भारी मात्रामा पेट्रोलियम पदार्थको तस्करी भइरहेको सूचना...बाँकी
३ पुष, २०७५ |
काठमाडौं, ३ पुस ।
पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन भएको छ । बूढानीलकण्ठस्थित सिद्धार्थ कोलनीमा रहेको आफ्नै निवासमा मंगलबार बिहान उनको निधन भएको हो ।
कलेजोको क्यान्सरबाट पीडित भर्इ उपचार गराइरहेका पूर्वप्रधानमन्त्री गिरीको बिहान ६ बजे ९३ वर्षको उमेरमा निधन भएको उनकी श्रीमती सराह गिरीले जानकारी दिएकी छन् । स...बाँकी