newskoseli.Com

प्रहरीले रोक्यो ३ जोडीको बालविवाह

माहाकुलुङ गाउँपालिकामा हुन लागेको तीन जोडीको बालविवाह प्रहरीले रोकेको छ । गाउँपालिका– ५, गुदेलमा बालविवाह हुन गइरहेको सूचना पाएपछि प्रहरी चौकी छेस्कामबाट गएको प्रहरी टोलीले उक्त विवाह रोकेको हो । १८ वर्षभन्दा कम उमेरका बालिकाको विवाह भइरहेको गोप्य सूचनाका आधारमा बुधबार प्रहरीले उक्त बालविवाह रोके...बाँकी

जन्ती गाडीे दुर्घटना : ६ को मृत्यु, २ घाइते, बेहुला–बेहुली सकुशल

चितवनको गीतानगरबाट दुलही लिएर बाँकेको शम्शेरगञ्ज फर्किंदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो जिप र महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस दाङको लमही नगरपालिका– ९ को रिहार नजिक बुधबार राति पौने २ बजे एकापसमा ठोक्किँदा स्कारपियोमा सवार ८ मध्ये ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । ...बाँकी

तारेभीरबाट लडेर कर्मचारीको मृत्यु…

इलामको रोङ गाउँपालिका– ६, सलकपुरका ५४ वर्षीय प्रेम योञ्जनको मङ्गलबार भीरबाट लडेर मृत्यु भएको छ । कामबाट फर्कने क्रममा तारे भीरबाट खसेर सलकपुर खानेपानी तथा सरसफार्इ योजनामा कार्यरत योञ्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिएको राससले जनाएको छ ।...बाँकी

गाउँपालिका अध्यक्षमाथि कुटपिट, घरमा समेत तोडफोड !

मदिरा सेवन गरेको समूहले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीमाथि कुटपिट गरेको छ । बाँफिकोट गाउँपालिका– ४ स्थित घरमा सुतिरहेको अवस्थामा अध्यक्ष केसीमाथि मङ्गलबार राति कुटपिट भएको हो । सो समूहले ढुङ्गा प्रहार गर्दा अध्यक्ष केसीको टाउकामा गम्भीर चोट लागेको छ । उक्त समूहले ...बाँकी

यौन व्यवसाय गर्ने होटल सञ्चालक विरुद्ध प्रहरीको मुद्दा

काठमाडौंको बौद्ध क्षेत्रका विभिन्न स्थानमा यौन व्यवसाय गर्ने १८ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । प्रहरीले यौनधन्दामा संलग्न रहेको आशङ्कामा तीन होटल सञ्चालकसहित १८ जनाविरुद्ध मुद्दा चलाएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । होटलमा यौन व्यवसाय चला...बाँकी

इन्जिनियरिङकी उत्कृष्ट छात्रा पुरस्कृत

इन्जिनियरिङ अध्ययन संस्थानका पूर्वडिन तथा वरिष्ठ इन्जिनियर बाबुराम भट्टराईको सोमबार नवौं स्मृति दिवस मनाइयो । इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकको डिन कार्यालयस्थित बाबुराम भट्टराई स्मृति सभाकक्षमा आयोजित स्मृति दिवसका अवसरमा २०७५ को इन्जिनियरिङ प्रवेश परीक्षामा छात्रातर्फ सर्वोत्कृष्ट भएकी रश्म...बाँकी

सत्ताधारी नेकपाविरूद्ध कट्टेलद्वारा सर्वोच्चमा मुद्धा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामलाई निर्वाचन आयोगले आधिकारिकता दिएकोमा विरोध गर्दै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । एउटै नाममा अर्को दल दर्ता गरेको भन्दै अध्यक्ष कट्टेलले शुक्रबार सर्वोच्चमा दायर गरेको निवेदनमा आफूले पहिला दल दर्ता ...बाँकी

जापानी सम्राटको ८५औं जन्मदिन, नेपालमा सहयोग जारी रहने

जापानी सम्राट अकिहितोको ८५औं जन्मदिनका अवसरमा नेपालका लागि जापानी राजदूत मासामिची साइगोले शुक्रबार स्वागत समारोहको आयोजना गरे । समारोहलाई सम्बोधन गर्दै जापानी राजदूत मासामिची साइगोले जापान नेपालको एक हितैषी मित्रराष्ट्र रहेको प्रसङ्ग उल्लेख गर्दै विगत लामो समयदेखि नेपालको सामाजिक, आर्थिकलगायतका व...बाँकी

ठेकेदार संगठनभित्रको विवाद चरमोत्कर्षमा : दुई पक्षद्वारा छुट्टाछुट्टै भेला आह्वान

निर्माण व्यवसायी सङ्घभित्रको विवाद चरमोत्कर्षमा पुगेको छ । सङ्घ, म्याग्दीको असन्तुष्ट पक्षले वर्तमान कार्यसमिति र साधारणसभाप्रति वैधानिकताको प्रश्न उठाएको छ भने दुवै समूहले बेनीमा छुट्टाछुट्टै भेला समेत आह्वान गरेका छन् । असोजमा सम्पन्न सङ्घको राष्ट्रिय अधिवेशनका लागि प्रतिनिधि छनोटप्रति असन्तुष्...बाँकी

उपराष्ट्रपति पुन र चिनियाँ राजदूत होङबीच बिदाइ भेट

उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि चीनका राजदूत यु होङले शिष्टाचार बिदाइ भेट गरेका छन् । उपराष्ट्रपतिको कार्यालय बहादुर भवनमा आज भएको सो भेटमा उनीहरुबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको छ । सो अवसरमा उपराष्ट्रपति पुनले नेपालको विकास र समृद्धिको यात्रामा चीनको सदैव साथ र सहय...बाँकी