६ भाद्र, २०७६ |
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नवलपरासी जिल्ला सदस्य एवं सो पार्टीसम्बद्ध जिल्ला ‘जनसरकार’ प्रमुख प्रेमप्रसाद ढकाल पक्राउ परेका छन् ।
सुनवल नगरपालिका– १३, बडेरास्थित घरबाटै बिहीबार राति ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका प्रवक्ता प्रहरी ना...बाँकी
४ भाद्र, २०७६ |
न्युजकोसेली संवाददाता
राजधानीको नयाँ बसपार्कस्थित एक हाेटलमा महिला र पुरुष मृत भेटिएका छन् । गोंगबु बसपार्कस्थित मोरङ पर्वत गेस्ट हाउसको कोठा नं. १११ मा ३७ वर्षीय यमबहादुर मगर र ३० वर्षीया सविना बजगाईं मृत भेटिएका हुन् ।
घटनास्थलको प्रारम्भिक मुचुल्का उठाएर अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी ...बाँकी
४ भाद्र, २०७६ |
न्युजकोसेली संवाददाता
आत्महत्या गरेका पत्रकार शालिकराम सुवेदीलाई ‘आत्महत्या दुरुत्साहन’ गरेको आरोपमा प्रहरी हिरासतमा राखी अनुसन्धान भैरहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेकी श्रीमती निकिता पाैडेलले दुई सञ्चारकर्मी र एक प्रहरी अधिकृतविरुद्ध जाहेरी दर्ता गराउने प्रयास गरेकी छन् ।
शालिकरामको आत्महत्यासम्बन्धी भ...बाँकी
३ भाद्र, २०७६ |
प्रदेश– ३ को यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाले सवारी साधन अनुमतिपत्रका लागि आवेदन खुला गर्ने भएको छ । सो अनलाइन आवेदन असोज अन्तिम साता खुला गर्ने तयारी गरिएको छ ।
हाल आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको सो कार्यालयले जनाएको छ । प्रदेश– ३ अन्तर्गत रहेको चितवनका २ हजार ५ सय मोटरसाइकल सावि...बाँकी
३ भाद्र, २०७६ |
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई हिरासतमै राखेर अनुसन्धान गर्न फेरि पाँच दिनको म्याद थपिएको छ ।
जिल्ला अदालत चितवनका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजालासले लामिछानेसहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर...बाँकी
२ भाद्र, २०७६ |
न्युजकाेसेली संवाददाता
केहीअघि आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि डोरी किनेको पसल फेला परेको छ । क्लोज सर्किट टेलिभिजन क्यामरा (सीसीटीभी) मा रेकर्ड भएको भिडियो फुटेजको सहायताले पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि डोरी किनेको पसल पत्ता लागेको हो ।
पुडासैनीले नारायणगढ बसपार्कस्थित एक पसलबाट ...बाँकी
१ भाद्र, २०७६ |
न्युजकोसेली संवाददाता
केही दिनअघि आत्महत्या गरेका नुवाकोटका पत्रकार शालिकरामकी श्रीमती सम्झना पुडासैनीले टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीविरूद्ध आइतबार जाहेरी दिएकी छन् ।
‘आत्महत्या दुरुत्साहन’ मा लामिछाने, कँडेल र कार्कीविरूद्ध हदैसम्मको कारबाहीको माग गर्दै सम्झनाले महानगरीय प्रहरी ...बाँकी
३२ श्रावण, २०७६ |
‘मार्क्सवाद र एशियाली दर्शन’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन राजधानीमा हुने भएको छ । दुईदिने सो सम्मेलनमा १० देशका ३ सयभन्दा बढीले सहभागिता जनाउने भएका छन् । नेपाल संस्कृत विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय र मार्क्सीय गुरुकुलको आयोजनामा भदौ २ र ३ मा सम्मेलन आयोजना हुँदैछ ।
सम्मेलनमा न...बाँकी
३२ श्रावण, २०७६ |
लगानी सम्मेलनका सहभागी बोकेर रुपन्देहीबाट विराटनगर जाँदै गरेको पिकअप स्कारिपियो अनियन्त्रित भई दुर्घटना हुँदा शनिबार एक पत्रकारको मृत्यु भएको छ ।
कञ्चनरुप नगरपालिका– ११, बक्साहा, सप्तरीस्थित पूर्व–पश्चिम राजमार्गमा बा १६ प २२३५ नम्बरको स्कारपियो दुर्घटना हुँदा रेडियो नेपालका रुपन्देही जिल्ला संवा...बाँकी
३१ श्रावण, २०७६ |
न्युजकोसेली संवाददाता
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ३३ वटा केन्द्रीय विभागको नेतृत्व टुंग्याएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार दिउँसो ११ बजेदेखि बसेको सचिवालयको बैठकले विभागहरुको नेतृत्व टुंग्याएको हो ।
नेताहरुबीच तानातानको विषय बन्दै आएको स्कुलिङ विभागको प्रमुख ईश्वर पोखरेल नै बनेका छन् । ...बाँकी