hL kL sf]O/fnf hGdhoGtL hL kL sf]O/fnf kmfp08];gåf/f :j lul/hfk|;fb sf]O/fnfsf] (# cf}+ hGdhoGtLsf] cj;/df laxLaf/ sf7df8f}Fdf cfof]lht ljrf/ uf]i7Ldf k|wfgdGqL s]kL zdf{ cf]nL, pkk|wfgdGqL ljho s’df/ uR5bf/, g]kfnL sfFu|];sf jl/i7 g]tf /fdrGb| kf}8]n / hL kL kmfp08];gsf cWoIf ;’htf sf]O/fnf . tl:a/ M k|bLk/fh jGt, /f;;
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाली काँग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले महत्वपूर्ण योगदान पुर्याएकाे स्मरण गरेका छन् ।
जिपी कोइराला फाउन्डेसनले गिरीजाप्रसाद कोइरालाको ९३ औँ जन्मजयन्तीका अवसरमा आज आयोजना गरेको ‘नेपालको लोकतान्त्रीकरणमा गिरिजाप्रसाद कोइरालाको योगदान तथा संविधान कार्यान्वयन’ विषयको विचार गोष्ठीमा उनले देश, जनता र लोकतन्त्रका लागि कहिल्यै भाँजो नहालेको बताए ।
प्रधानमन्त्री ओलीले भने— “मजदुर आन्दोलन, भारतमा भएको स्वतन्त्रताको आन्दोलन, राजनीतिक दलको गठन, आन्दोलन, परिवर्तनमा स्व. कोइरालाको ठूलो योगदान रहेको छ ।” प्रधानमन्त्री ओलीले कोइरालाले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि आफैँ आन्दोलनको आँधी बेहरीमा होमिएर त्यसलाई कुन दिशामा अगाडि बढाउँदा राम्रो हुन्छ भन्ने बारेमा ठूलो भूमिका खेलेको स्पष्ट पारे ।
उनले जतिबेला राष्ट्र सङ्कटमा पर्छ त्यतिबेला आफ्नो विचारको बलले शान्तिलाई सही मार्गमा फर्काउन कोइरालाले ठूलो भूमिका खेलेको बताए। “संविधान निर्माण गर्ने ठूलो इच्छा कोइरालामा रहेपनि उहाँ बितेर जानुभयो । अहिले मुलुकले संविधान पाएको छ, यसलाई कार्यान्वयन गर्न सबै राजनीतिक दल एक हुनु आवश्यक छ”–प्रधानमन्त्री ओलीले थपे ।
क्रान्ति र शान्तिका नेताः पौडेल
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्व. कोइराला क्रान्ति र शान्तिका नेता भएको बताए। उनले भने, “गिरिजाबाबुले राजनीतिमा कहिल्यै विश्राम लिनुभएन ।” नेता पौडेलले नेपालको राजनीतिमा नेपाली काँग्रेसको सिद्धान्तको विकास हुँदै गएपनि पार्टी पराजित हुँदै गएकामा दुःख व्यक्त गरे । उनले नेपालको लोकतन्त्र र शान्ति प्रक्रियामा कोइरालाको ठूलो भूमिका रहेको स्पष्ट पारे ।
नेता पौडेलले सरकारले वार्ताको वातावरण बनाएर आन्दोलनरत मधेसी मोर्चाका मागलाई समेट्नुपर्नेमा जोड दिए । उनले भने—“संविधान निर्माणसँगै प्राप्त अधिकारलाई गुमाउन नदिन छलफल र वार्ता आवश्यक छ ।” उनले स्थानीय निकायको निर्वाचन गराउन गाउँपालिका, नगरपालिका र जिल्लाको संरचना बनाएर अगाडि बढ्नु जरुरी रहेको औँल्याए ।
साहसी र दृढसङ्कल्पित नेताः गच्छदार
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारले कोइराला साहसी र दृढसङ्कल्पित नेता भएको बताए । उनले कोइराला नभएको भए नेपालको लोकतान्त्रिक आन्दोलन सफल नहुने स्पष्ट पारे ।
उपप्रधानमन्त्री गच्छदारले भने— “मुलुकमा राजनीति स्थिरता अहिलेसम्म पनि पूरा भएको छैन, यसलाई पूरा गर्न राष्ट्रिय सहमतिको सरकार आवश्यक छ ।” गच्छदारले मुलुकको प्रजातन्त्रलाई बलियो बनाउन उपेन्द्र यादवसँग पार्टी विभाजन गरेको स्पष्ट पारे । फाउण्डेसनका अध्यक्ष सुजाता कोइरालाले नेपालको राजनीति विकासमा गिरिजाबाबुले खेलेको भूमिका अतुलनीय रहेको बताइन् । उनले भिनन्— “मुलुकमा संविधान निर्माण भएको छ, यसलाई कार्यान्वयन गरी मुलुकलाई विकासको बाटोमा अगाडि लैजानुपर्छ ।”
कार्यक्रममा डा. राम थपलियाले गिरीजाप्रसाद कोइरालाको व्यक्तित्वसम्बन्धी तयार पारिएको वृत्तचित्र प्रस्तुत गरे ।