newskoseli.Com

अनसनरत डा. केसीको समर्थनमा राजधानीमा पदयात्रा

चिकित्साक्षेत्र र स्वास्थ्यक्षेत्रमा सुधारको माग गर्दै १४ दिनदेखि आमरण अनशनरत प्रा.डा. गोविन्द केसीको समर्थनमा शनिबार राजधानीमा पदयात्रा गरिएको छ ।

सरकारलाई दबाब दिन नागरिकले स्वतःस्फूर्त रुपमा आयोजना गरेको पदयात्रामा स्वास्थ्यकर्मी, विभिन्न राजनीतिक दलका विद्यार्थी सङ्गठन, पेसाकर्मी, कलाकारलगायत हजारौंको सहभागिता थियो ।

प्रा.डा. केसी चिकित्सा शिक्षा ऐनको मस्यौदामा सबै सरकारी चिकित्सासम्बन्धी शिक्षण संस्थाको आर्थिक भार सरकारले बेहोर्दै विद्यार्थीलाई निःशुल्क गरिनुपर्ने, सबै प्रदेशमा कम्तिमा एउटा सरकारी चिकित्सासम्बन्धी कलेज हुनुपर्ने, काठमाडौँं उपत्यकामा आगामी १० वर्षसम्म चिकित्सा, दन्त र नर्सिङमा नयाँ सम्बन्धन दिइनु नहुने र मनसायपत्र पाएकाको मनसायपत्र नवीकरण गर्नु नहुने माग राखी अनशन बसेका हुन् ।

यस वर्ष अधिकतम शुल्क र सिट शिक्षा मन्त्रालय, विश्वविद्यालय र मेडिकल काउन्सिलले निर्धारण गरे झैँ हुने व्यवस्था हुनुपर्ने, आगामी शैक्षिक सत्रदेखि केन्द्रीय प्रवेश परीक्षा लिने व्यवस्था र त्यसका लागि आयोगले हाल प्रवेश परीक्षा लिइरहेका निकायसित समन्वय गर्नुपर्ने माग पनि उनको छ ।

सरकारले प्रा.डा. केसीसँग वार्ता गर्न स्वास्थ्य मन्त्रालयका सचिवको नेतृत्वमा ३ सदस्यीय टोली गठन गरेको छ । दुवै पक्ष ३ पटक वार्तामा बसे पनि सहमति हुन सकेको छैन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर