newskoseli.Com

‘जबर्जस्ती, मनोमानी र एकलौटीपूर्ण’ परिषद गठनप्रति वाईसीएलको असहमति

सरकार छाडेर घर फर्कने बेला भइसकेपछि ओली सरकारले हतारहतार युवापरिषदको गठन गरेर एकपक्षीय, एकगुटीय र सीमित व्यक्तिहरुलाई खुशी पार्नेगरी राष्ट्रिय युवा परिषदको गठन गरेको भन्दै योङ कम्युनिस्ट लिग नेपालले गम्भीर असहमति प्रकट गरेको छ ।

‘युवाहरुको धेरै ठूलो त्याग र वलिदानबाट निर्मित राष्ट्रिय युवानीतिवमोजिम राष्ट्रिय युवा परिषद गठन हुनु आम युवाहरुका लागि खुशीको विषय भए तापनि राष्ट्रिय युवा परिषदको गठन बिल्कुल एकपक्षीय, एकगुटीय र सीमित व्यक्तिहरुलाई खुशी पार्नेगरी गरिएको छ, यसमा हाम्रो संगठनको घोर आपत्ति छ’ लिगका केन्द्रीय अध्यक्ष आर.सी. शर्माले ओली सरकारलाई महत्वपूर्ण निर्णयहरु समेत नगर्न ध्यानाकर्षण गराउँदै सोमबार प्रकाशित गरेको विज्ञप्तिमा भनेका छन्– ‘वर्तमान ओली सरकारले संसदमा विश्वासको मत समेत गुमाइसकेको र संसदमा अविश्वासको प्रस्तावका पक्षमा मतदान जारी रहेका कारण सरकार कामचलाउमा परिणत भइसकेकाले यसले कुनै पनि निर्णय गर्ने हैसियत राख्दैन तसर्थ कुनै पनि महत्वपूर्ण निर्णयहरु नर्गन सरकारको ध्यानाकर्षण गराउँदछौं ।’

‘सरकार कामचलाउ भइसकेपछि राष्ट्रिय युवा परिषदको अध्यक्षलगायत परिषद नै काम चलाउ भैसकेकाले यसले कुनै महत्वपूर्ण निर्णय गर्न नसक्ने हुँदाहुँदै पनि रातारात बैठक राखी, जबर्जस्ती, एकलौटी र मनोमानीपूर्ण ढंगले जिल्ला परिषदहरुको गठन गरेको कुराप्रति हाम्रो संगठन घोर असमति जाहेर गर्दछ’, वाईसीएल अध्यक्ष शर्माले भनेका छन्–  ‘संगठनको तर्फबाट परिषदमा प्रतिनिधित्व गर्ने कमरेडहरुवाट निर्णय प्रक्रियामा असहमति जारी गरी ‘नोट अफ डिसेन्ट’ सहित विरोध गरिएको छ । यस सन्दर्भमा युवा परिषदले पनि कुनै महत्वपूर्ण निर्णयहरु नगरोस् साथै मनोमानी ढंगबाट गरिएको निर्णय रोक्न सम्बन्धित सबैमा अनुरोध गर्दछौं ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर