newskoseli.Com

सप्तरीको तिलाठीमा भएको भारतीय आक्रमणको विरोधमा क्रान्तिकारीद्वारा माइतीघरमा प्रदर्शन

नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) ले शनिबार माइतीघर मण्डलामा सप्तरीको तिलाठीमा नेपालीमाथि भारतीय पक्षबाट भएको आक्रमण विरुद्ध विरोध प्रर्दशन गर्दै विद्यार्थी नेताहरु । रासस÷शरद शर्मा

सप्तरीको तिलाठीमा नेपालीमाथि भारतीय पक्षबाट भएको आक्रमणको विरोधमा नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) ले शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरेकाे छ ।

क्रान्तिकारीले भारतीय हस्तक्षेप बन्द गर, भारतीय दादागिरीको प्रतिवाद गरौँ, तिलाठीका जनताको प्रतिरोधको सम्मान गराैं, मधेस पनि हाम्रो हो, मधेसी पनि हाम्रै हुन जस्ता नारा लगाउँदै प्रदर्शन गरेकाे हाे ।

प्रदर्शनपछि आयोजित कोणसभामा माओवादीका सचिवालय सदस्य तथा क्रान्तिकारीका पूर्व अध्यक्ष लेखनाथ न्यौपानेले राष्ट्रवादका विषयमा हिमाल, पहाड र तराईका नेपाली भारतीय विस्तारवाद विरुद्ध एकजुट भएर लड्नुपर्ने आवश्यकता भएको बताए।

क्रान्तिकारीका संयोजक नरेन्द्र न्यौपानेले तिलाठीका जनताले भारतीय हस्तक्षेप विरुद्ध गरेको प्रदर्शनले अब मधेसी जनता पनि भारतीय ज्यादति विरुद्ध उभिएकाे बताए ।

प्रदर्शनमा क्रान्तिकारीका विद्यार्थीको सहभागिता रहेको थियो । बिहीबार सप्तरी तिलाठीमा भारतबाट दशगजा क्षेत्रमा बनाएको बाँधले डुबान भएको भन्दै विरोध गर्न गएका स्थानीयमाथि भारतीय पक्षबाट आक्रमण गरिएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर