newskoseli.Com

सुजाता भन्छिन्– राष्ट्रिय सहमतिको सरकार आवश्यक

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले मुलुकमा राष्ट्रिय सहमतिको सरकारको आवश्यकता रहेको बताएकी छन् । नेपाल प्रेस युनियन मोरङद्वारा साेमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधानको कार्यान्वयन र २०७४ माघ ८ गतेभित्र ३ वटा निर्वाचन गराउनुपरेकाले सहमतिको सरकार आवश्यक रहेको जिकिर गरेकी हुन् ।

नेत्री कोइरालाले संविधान कार्यान्वयन र संशोधनलगायत प्रस्ताव पारित गराउन संसदमा दुई तिहाई चाहिएकाले एमालेसहितको राष्ट्रिय सरकार गठन गरिनुपर्नेमा जोड दिइन् ।

कुनै पनि सरकारलाई अवधिभर काम गर्न दिनुपर्ने उल्लेख गर्दै अब नयाँ बन्ने सरकारलाई पनि ढाल्ने प्रयास भएमा मुलुकमा अस्थिरता आउने सम्भावना उनले व्यक्त गरिन् । वर्तमान सरकारले चीनसँग गरेका सम्झौता कार्यान्वयन गर्नुपर्ने, चिनीयाँ राष्ट्रपतिको भ्रमण सुनिश्चित गर्नुपर्ने विषयमा जोड दिँदै उनले मुलुकका लागि के गर्दा राम्रो हुन्छ, त्यसतर्फ नयाँ सरकार अग्रसर हुनुपर्ने आवश्यकता औँल्याइन् ।

राष्ट्रिय मुद्दा कार्यान्वयनका लागि नेकपा (एमाले) सँग राम्रो सम्बन्ध राख्नुपर्ने सुझाव दिँदै उनले मुलुकमाथि खतरा आउन नदिन राजनीतिक दल जिम्मेवार हुनुपर्ने धारणा प्रकट गरिन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर