newskoseli.Com

गिरिजाप्रसादको ९३आैं जन्मजयन्ती मनाइयो

बिहीबार बाँकेको सीतापुरमा श्रद्धाञ्जलि समारोहको आयोजना गरी नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९३आैं जन्मजयन्ती मनाइयो ।

‘गाउँसँग गिरिजाप्रसाद’ अभियान अन्तर्गत आयोजना गरिएको कार्यक्रममा सहभागीले स्वर्गीय कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले देखाएको बाटोमा पार्टी र कार्यकर्तालाई हिँडाउनुपर्नेमा जोड दिए ।

त्यस अवसरमा नेपाली कांग्रेस, बाँकेकी अध्यक्ष किरण कोइरालाले पार्टी एकता, सङ्गठन विस्तार र लोकतन्त्रका मूल्य–मान्यताको जगेर्ना गर्ने दिशामा गिरिजाबाबुले देखाएको बाटोमा कार्यकर्तापङ्क्ति अघि बढ्नुपर्ने बताइन् । उनले भनिन्– “नेपाली कांग्रेसको तागत भनेकै जनता र पार्टी कार्यकर्ता हुन्, यो मान्यताका आधारमा पार्टीको सङ्गठन विस्तार अब गाउँ तहसम्म पुर्याउन सबैले कम्मर कस्नुपर्ने बेला आएको छ । ”

नेपाली कांग्रेस सीतापुर गाउँ कार्यसमितिका सभापति दानबहादुर महतराको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वजिल्ला सभापति युवराज शर्मा, सचिव एवम् प्रचार शाखाका संयोजक कपिलदेव शर्मा, सङ्गठन शाखा प्रमुख महेन्द्र मल्ल ठकुरी, स्थानीय नेताहरु मेघराज ओली, सुधांशु कोइराला, नक्की खाँ, ज्ञानबहादुर ओली, नरबहादुर खडका, लक्ष्मीनारायण लम्साल, कृष्ण विक रसाइली र शेरबहादुर गुरुङले पनि मन्तव्य व्यक्त गरे ।

त्यस अवसरमा पार्टी जिल्ला सभापति किरण कोइराला, पूर्वसभापति युवराज शर्मा, सङ्गठन शाखा प्रमुख महेन्द्र मल्ल ठकुरी र नक्की खाँलाई सीतापुर गाउँ कार्यसमितिका तर्फबाट सम्मान गरियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर