newskoseli.Com

मन्त्री छान्ने एकलौटी जिम्मा प्रधानमन्त्री दाहाललाई

नयाँ सरकार गठन भएकाे साता बितिसक्दा पनि मन्त्रीमण्डललार्इ पूर्णता दिन कठिनार्इ भइरकेका बेला नेकपा (माओवादी केन्द्र) ले मन्त्री छान्ने जिम्मा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटमा बसेको माओवादी केन्द्रको कार्यालयको बैठकले सो निर्णय गरेको हो ।

सरकारमा माओवादीका तर्फबाट मन्त्री हुने थप ५ जनाको नाम समावेशी, समानुपातिक एवम् क्षेत्रगत सन्तुलन मिलाएर चयन गर्न पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीलाई जिम्मेवारी दिइएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

माओवादी केन्द्रले ययअघि उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीमा कृष्णबहादुर महरा, कृषि विकास मन्त्रीमा गौरीशङ्कर चौधरी र युवा तथा खेलकुद मन्त्रीमा दलजित श्रीपाइलीलाई पठाइसकेको छ ।

माओवादीले ऊर्जा, सङ्घीय मामिला तथा स्थानीय विकास, सूचना तथा सञ्चार र शिक्षा मन्त्रालय पाएको छ । ती मन्त्रालयमा माओवादीले समानुपातिक प्रतिनिधित्वका आधारमा मन्त्री चयन गर्ने जनाउँदै आएको छ ।

भदौ २ गतेका लागि तय गरिएको केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक भदौ १० गतेपछि आयोजना गर्ने निर्णय भएको समेत प्रवक्ता भुसालले जानकारी दिइन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर