newskoseli.Com

उपप्रधानमन्त्रीद्वय महरा र निधिलार्इ चीन र भारत पठाउने सरकारको तयारी

सरकारले पछिल्लो राजनीतिक परिस्थितिबारे जानकारी गराउन दुई उप्रप्रधानमन्त्रीहरुलाई छिमेकी मुलुक चीन र भारत पठाउने निर्णय गरेको छ ।

अाज बसेको मन्त्रिपरिषद बैठकले उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई भारत र कृष्णबहादुर महरालाई चीनमा पठाउने निर्णय गरेको छ । यद्धपी निधि र महरालाई कहिले पठाउने भन्नेबारे भने उल्लेख गरिएको छैन ।

बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उपप्रधानमन्त्री महराले छिट्टै भारत र चीन जाने बताए । यसैगरी सरकारले कालोबजारी नियन्त्रण गर्न गृह, वाणिज्य र आपूर्ति मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।

कालोबजारी नियन्त्रण गर्न कानुनहरु अभाव भएको भए वा कारवाही सम्बन्धी व्यवस्था खुकुलो भए संशोधन गर्न कानुन मन्त्रालयलाई पनि मन्त्रिपरिषद बैठकले निर्देशन दिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर