newskoseli.Com

जिल्ला अदालतको आदेश अवज्ञा गरेको आरोपमा मालपोत प्रमुखमाथि मानहानि मुद्दा

जिल्ला अदालत गोरखाको मानहानि गरेको भन्दै मालपोत कार्यालय गोरखाका प्रमुख मुक्तिनारायण भण्डारीविरुद्ध मानहानि मुद्दा दर्ता भएको छ ।

मिरकोट–५ की गीताकुमारी हमालले भण्डारीविरुद्ध यही बुधबार मुद्दा दर्ता गरेकी हुन् । जिल्ला अदालतले दिएको आदेशको अवज्ञा गरेकाले कारबाहीको माग दाबी गर्दै हमालले मुद्दा दर्ता गरेको अदालत स्रोतले जनाएको छ ।

सो मुद्दाउपर सुनुवाइ गर्दै जिल्ला न्यायाधीश जगतप्रसाद श्रेष्ठले भण्डारीमाथि १५ दिने म्याद जारी गरेका छन्। निवेदकको मागदाबीअनुसार आदेश जारी हुनु नपर्ने कुनै आधार र कारण भए स्वयम् उपस्थित भई लिखित जवाफ पेस गर्न आदेश गरिएको अदालतले जनाएको छ । मिरकोट–५ को ३७ रोपनी जग्गाको विषयमा मिरकोट–५ की हमालले सोही ठाउँका मोहन अधिकारीविरुद्ध मुद्दा दिएका हुन्।

जिल्ला अदालतले गत २०७१ मङ्सिर १७ मा हमालको नाममा सो जग्गा नामसारी गर्न फैसला गरेको थियो । सोही मुद्दाउपर पुनरावेदन अदालतले गत जेठ ९ गते हमालको पक्षमा फैसला गरेको थियो । सोहीअनुसार अन्तिम आदेश पाउन हमालले गत असार २६ गते निवेदन दिएका थिए । अदालतले पनि सोही दिनमा मालपोत कार्यालयलाई आदेश कार्यान्वयन गराउन पत्र पठाएको थियो । तर एक महिनासम्म पनि मालपोत कार्यालयले आलटाल गरेपछि हमालले अदालतलाई मानहानि हालेकाले भण्डारीउपर सजाय माग गर्दै मुद्दा दायर गरेका हुन् ।

मुद्दामा मालपोत अधिकृत भण्डारीले अनावश्यक हप्कीदप्की गरेको ब्यहोरासमेत उल्लेख गरिएको छ । जिल्ला अदालतको मानहानि गरेको ठहरेमा एक महिना कैद,  एक हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर