newskoseli.Com

काँग्रेसमा भागवण्डाको राजनीतिले देउवा–पौडेल विवाद उत्कर्षमा, फोनसम्पर्क समेत बन्द

प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसभित्र पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलको विवाद उत्कर्षमा पुगेको छ ।

काँग्रेस निकट स्रोतका अनुसार दुई नेतावीच अहिले फोनमा समेत कुराकानी हुन छाडेको छ । सभापति देउवाले पटक पटक आफ्नो तर्फबाट मन्त्रीमण्डलमा सहभागी हुनेहरुको नाम पठाउन आग्रह गर्दापनि नेता पौडेलले त्यसमा कुनै चासो नै देखाएका छैनन् । नेता पौडेलले नेविसंघको महाधिवेशनपछिमात्रै त्यसबारेमा छलफल गर्ने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले काँग्रेसको तर्फबाट मन्त्रीको नाम आए आफ्नो पार्टीले पनि सँगै नाम पठाउने भन्दै काँग्रेस सभापति देउवालाई छिटो निर्णय गर्न दबाब दिरहेका छन् । तर नेता पौडेल भने सभापति देउवालाई भेट्न त परै जाओस फोन सम्पर्कमा समेत आएका छैन् ।

काँग्रेस नेता डा. शेखर कोइरालाले नेता रामचनद्र पौडेलार्इ भागवण्डाको राजनीति शुरू गरेकाले काँग्रेसमा हुनको स्थान गुम्ने कडा चेतावनि समेत दिएका छन् । गुटवन्दी र भागवन्डाको राजनीति गर्नेलार्इ पार्टीमा कुनै स्थान दिन नहुने नेता कोइरालाको भनाइ रहेको छ ।

 

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर