newskoseli.Com

नेविसंघ महाधिवेशन : अध्यक्ष पदका दर्जन आकांक्षी उम्मेदवार छान्न सकस

नेपाल विद्यार्थी संघमा अध्यक्षका अाकांक्षीकाे लर्को लागेको छ । महत्वपूर्ण एक पदका लागि ३० जनासम्म उम्मेदवार देखिएका छन् । अध्यक्षमा मात्रै एक दर्जन भन्दा बढी उम्मेदवार मैदानमा उत्रिएका छन् । एउटै गुटबाट पनि ६ जना भन्दा बढी उम्मेदवार देखिएपछि शीर्ष नेताहरुलाई उम्मेदवार छान्न सकस परेको छ ।

निर्वाचन प्रक्रिया अनुसार आज उम्मेदवारी दर्ताको कार्यतालिका तय गरिएको छ । महाधिवेशनमा भाग लिने प्रतिनिधि विवादले बन्दसत्र रोकिएको ६ दिनपछि निर्वाचन प्रकृयासुरु भएको हो । शुक्रबार राति निर्वाचन समितिले मतदाता नामावली प्रकाशित गरेपछि निर्वाचन प्रकृया अघि बढेको हो ।

निर्वाचनका लागि आ आफ्ना उम्मेदवारको प्यानल बनाउन कांग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षलाई मुस्किल परेको छ । सिटौला देउवा पक्षसँगै मिलेर प्यानल बनाउने कसरतमा जुटेका छन् । नेतृत्वका लागि आकांक्षीहरुको संख्या धेरै भएकाले प्यानल खडा गर्न समस्या भएको हो ।

सभापति देउवाले आफ्नो पक्षको प्यानल बनाउन निकट केन्द्रीय सदस्यहरुलाई जिम्मा दिएका छन् । देउवा पक्षबाट अध्यक्षका लागि नैनसिंह महर, जितजंग बस्नेत, शुभराम बस्नेतले प्रचारप्रसारमा लागेका छन् । तीनजना मध्ये एकलाई अध्यक्षको उम्मेदवार बनाउन देउवालाई सकस भएको छ ।

नेता पौडेल पनि त्यस्तै सकसमा छन् । पौडेल पक्षले मनोजमणि आचार्यलाई अघि बढाउने सोच बनाएको छ । तर, आचार्यलाई दीपक भट्टराई, क्षितिज भण्डारी, आनन्द त्रिपाठी, निलकण्ठ रिजालले नछाड्ने बताउँदै आएका छन् । नेविसंघका आधिकारीक र विद्रोही गुटसहितको चुनाव हुने देखिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर