newskoseli.Com

‘पावर शेयरिङ’ नमिलेकाले एकता अवरूद्ध : पशुपतिसमशेर

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले ‘पावर शेयरिङ’ नमिलेका कारण राप्रपा नेपालसँगको पार्टी एकीकरण बिथोलिएको बताएका छन् ।

संवाद क्लब नेपालले शनिबार आयोजना गरेको अन्तर्संवाद कार्यक्रममा बोल्दै अध्यक्ष राणाले राष्ट्रिय अध्यक्ष र अध्यक्षको ‘पावर शेयरिङ’ सन्तुलित बनाउन राप्रपा नेपालले नमानेका कारण दुई राप्रपाबीच हुन लागेको एकीकरण रोकिएको बताएका हुन् ।

कार्यक्रममा बोल्दै राणाले राप्रपा नेपालका अध्यक्ष कमल थापा अनावश्यक आरोप– प्रत्यारोपमा उत्रिएर नेपालमा ‘डोनाल्ड ट्रम्पको नयाँ संस्करण सुरु गरेको’ आरोप लगाए ।

राप्रपा नेपालसँग एकता प्रक्रिया अन्त्य भएको नभई अवरुद्ध मात्र भएको बताउँदै अध्यक्ष राणाले कमल थापाले माफी मागे एकता प्रक्रिया फेरि सुरु हुन सक्ने बताए ।

अध्यक्ष राणाले भूकम्पपछिको पुनर्निर्माण, मधेश समस्याको समाधान, कालो बजारी–घुसखोरी अन्त्य गर्दै सहज आपूर्ति व्यवस्था र संविधान कार्यान्वयन मूलतः यी चार विषय वर्तमान सरकारको प्रमुख कार्यभार रहेको भन्दै आपूर्ति मन्त्रालय आफ्नो पार्टीको भागमा परेकाले तत्काल आपूर्ति व्यवस्था सहज बनाएर जनतालाई राहत दिन आफूले आपूर्तिमन्त्री दिपक बोहोरालाई निर्देशन दिएको बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर