newskoseli.Com

उप–प्रधानमन्त्री महरा सरकारको विशेष दूतका रुपमा आज ११ बजे चीन प्रस्थान गर्दै

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा सरकारको विशेष दूतका रुपमा आज चीन भ्रमणमा जाँदैछन् ।

उपप्रधानमन्त्री महरा ११ बजे चीन प्रस्थान गर्ने  कार्यक्रम छ । उनी आजै  चीनकाे छेन्दू हुँदै  राजधानी बेइजिङ पुग्ने कार्यक्रम रहेको छ ।  महराका साथ परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्र अर्याल पनि चीन जाने भएका छन् ।

चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउने विश्वसनीय वातावरण तयार पार्नु र चिनियाँ पक्षलाई आश्वस्त पार्न महराको चिन भ्रमणको उदेश्य रहको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताए ।

चीनमा रहदा महराले नेपाल चीन सम्बन्धका सम्पूर्ण पक्षका साथै राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण गर्ने विषयमा केन्द्रित रहेर सम्बद्ध उच्च अधिकारीहरुसँग छलफल गर्ने कार्यक्रम रहेको जनाइएकाे छ ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले दूई छिमेकी देश चीन र भारतसँगको सम्बन्ध प्रगाढ र सुमधुर बनाउन भन्दै दुई उपप्रधानमन्त्रीलाई चीन र भारत पठाउने निर्णय गरेको थियो । उपप्रधान एवं  गृहमन्त्री विमलेन्द्र निधि बिहीबार भारत जाने गरी गृहकार्य भइरहेको स्राेतकाे दावि छ ।

उपप्रधानमन्त्री महरा भदौ ३ गते स्वदेश फर्कने कार्यक्रम रहेकाे मन्त्रालयले जनाएकाे छ ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर