newskoseli.Com

भूकम्पमा भागेका २ सय १६ मध्ये १ सय ५ कैदी पक्रिइए

२०७२ वैशाख १२ को भूकम्पमा सिन्धुपाल्चोकबाट भागेका २ सय १६ कैदीमध्ये हालसम्म १ सय ५ लार्इ प्रहरीले पक्राउ गरेको छ । भूकम्प अघिको तथ्याङ्कअनुसार पक्राउ परेका र अदातलबाट फैसला भएका ४८ कैदी र फैसला हुन बाँकी ५६ थुनुवा पक्राउ परेका हुन् ।

पक्राउ परेकामध्ये ९ महिला र ९६ जना पुरुष छन् । जिल्लाबाट पछिल्लो समय पक्राउ पर्नेमा सवारी ज्यान मुद्दाका अभियुक्त, भूकम्पपश्चात् कारगारबाट फरार भएका पाङग्रेटार– ६ का मानबहादुर श्रेष्ठ समेत अहिलेसम्म १ सय ५ रहेकाे जिल्ला कारागार सिन्धुपाल्चोकका निमित्त कारागार प्रमुख आकाश अधिकारीले जानकारी दिए ।

ज्यान मुद्दाका आरोपी श्रेष्ठ भूकम्पपछि जिल्ला कारागारबाट भागेकोमा असार १० मा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई धुलिखेल स्थानान्तरण गरिसकेको जिल्ला कारागारले जानकारी दिएको छ ।

कारागारमा भूकम्पअघि १ सय ९६ पुरुष र २० महिला गरी २ सय १६ कैदीबन्दी रहेको कारागारले जनाएको छ । भूकम्पपश्चात् फरार भएका कतिपय कैदी आफैं सम्पर्कमा आएका थिए भने कतिपयलाई प्रहरीले पक्राउ गरेको थियो ।

भूकम्पपश्चात् कारागार समेत भत्किएकाले कैदी राख्ने ठाउँसम्म नहुँदा धेरै समस्या भएको र समातिएका कैदीलाई विभागले तोकेअनुसारको ठाउँमा पठाउने गरेको निमित्त प्रमुख अधिकारीले जानकारी दिए ।

भूकम्पले पूर्णरुपमा भत्किएको कारागार अझसम्म पनि निर्माण गर्ने तत्परता देखिएको छैन । कारागार निर्माणका लागि सार्वजनिक जग्गाको अभाव हुँदा निर्माण प्रक्रिया रोकिएको हो । भूकम्पको १५ महिना बितिसक्दा समेत १ सय ११ जना कैदीबन्दी अझै फरार छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर