newskoseli.Com

मन्त्री चयनबारे छलफल भएकै छैन : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा मन्त्री पठाउने विषयमा पार्टी सभापतिसँग अाफ्नाे पक्षकाे छलफल भइनसकेको बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा पाैडेलले मन्त्री पठाउने विषयमा सभापतिले आफूसँग छलफल नगरेको बताए । उनले भने–“मन्त्री पठाउने विषयमा अहिलेसम्म कुनै छलफल भएको छैन ।”

पुष्पकमल दाहालको नेतृत्वमा सरकारमा जाने विषयमा पार्टीको निर्णय भएको भए पनि त्यसयता पार्टीबाट क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा कुनै पनि छलफल नभएको उनले स्पष्ट पारे ।

मन्त्री पठाउने विषयमा पार्टी सभापति शेरबहादुर देउवालाई सहयोग गर्न आफू तयार रहेको उल्लेख गर्दै उनले भने– “म सहयोग गर्न तयार छु, सहयोग लिनेले लिनुपर्‍यो नि ।”

फरक प्रसङ्गमा उनले व्यवस्थाको टुङ्गो लाग्न नसक्दा नेपाल पछि परेको बताउँदै चीन र रुसको उदाहरण हेरेर देशको विकास गर्नुपर्ने बताए । “हाम्रो पद्दति नै अस्थायी छ, जसले गर्दा ७० वर्षदेखि हामी पछाडि परेका छौं” पौडेलले भने ।

नेपाल विद्यार्थी सङ्घको अधिवेशनका सन्दर्भमा सोधिएको प्रश्नमा उनले सभापति र महामन्त्री बाहेकका धेरै पदहरुमा आफ्ना समूहको उम्मेदवारले विजय हासिल गरेको बताए ।

वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसका जिल्ला सभापतिको अाइतबारदेखि काठमाडौंमा हुने भेलाले स्थानीय निकायको पुनर्संरचनाको खाका तयार गर्न सुझाव दिने र पार्टीले सोही सुझावका आधारमा धारणा तय गर्ने बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर