newskoseli.Com

अायाेगले दर्ता गर्‍यो बाबुरामको नयाँ शक्ति

डा. बाबुराम भट्टराईको नेतृत्वमा हालै गठन भएको नयाँ शक्ति पार्टी नेपाल निर्वाचन आयोगमा विधिवत दर्ता भएको छ । निर्वाचन आयोगले २०७३ भादौ ७ को मितिमा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलाई पत्र लेखी नयाँ शक्ति, पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएकोे जानकारी  दिएको  हो ।

आयोगको दल दर्ता किताबअनुसार नयाँ शक्ति पार्टी, नेपालको दर्ता नं. रा. ५६ रहेको आयोगको पत्रमा उल्लेख छ ।

आयोगको २०७३ भदौ ५ को बैठकबाट निर्वाचन प्रयोजनका लागि नयाँ शक्ति पार्टी, नेपाललाई राजनीतिक दलको रुपमा आयोगमा दर्ता गरिएको जनाउँदै पत्रमा उल्लेख गरिएको छ– ‘राजनीतिक दलसम्बन्धी ऐन, २०५८ को दफा ७ बमोजिम उक्त नयाँ शक्ति पार्टी, नेपाललाई राजनीतिक दलको रुपमा आयोगमा दर्ता गरिदिने तथा सो दलको कार्यकारी समिति, विधान (निर्वाचन चिन्ह सम्बन्धी प्रावधान बाहेक) र झन्डालाई प्रमाणित गरिदिने निर्णय भएको व्यहोरा जानकारी गराइन्छ ।’

Naya_Shakti_Logoआयोगको पत्रअनुसार नयाँ शक्तिको चुनावचिन्ह भने स्वीकृत भएको छैन । ‘हाललाई आयोगले चुनाव चिन्हसम्बन्धी प्रावधान स्थगित गरी दल दर्ता गरेको छ’ नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले भने– ‘आयोगले निर्वाचन चिन्हको बारेमा पछि निर्णय गर्ने जनाएको छ  ।’

नयाँ शक्ति, पार्टी नेपालले असार २६ मा संयोजक डा. बाबुराम भट्टराईको नेतृत्वमा निर्वाचन आयोग पुगी राजनीतिक दल दर्ताका लागि निवेदन दिएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर