newskoseli.Com

कांग्रेसले छान्यो १४ मन्त्री, शुक्रबार सपथ हुँदै

लामो विवाद र रस्साकस्सीका बीच नेपाली कांग्रेसले बिहीबार सरकारमा सहभागी हुने १४ मन्त्रीको टुंगो लगाएको छ । पटक–पटक बसेको विभिन्न पक्षहरुबीचको छालफलपछि मन्त्रीको टुंगो लागेपछि शुक्रबार मन्त्रीमणडले पूर्णता पाउने भएको छ ।

कांग्रेसबाट सरकारमा नयाँ थपिने मन्त्रीहरुमा देउवा पक्षबाट ८, पौडेल पक्षका ५ र सिटौला पक्षबाट १  छन् । देउवा समूहबाट अर्जुननरसिंह केसी, प्रकाशशरण महत, बालकृष्ण खाँड र जीवनबहादुर शाही मन्त्री बन्ने पक्का भएको छ ।

केसीले सहरी विकास, प्रकाशशरणले परराष्ट्र र बालकृष्णले रक्षा मन्त्रालयको जिम्मेवारी पाउने लगभग पक्काजस्तै छ भने जीवनबहादुर संस्कृति मन्त्री बन्ने चर्चा छ ।

त्यसैगरी पौडेल पक्षबाट सीतादेवी यादव, नवीन्द्रराज जोशी, दिपक गिरी, रोमी गौचन थकाली र हृदयराम थानी मन्त्री बन्ने भएका छन् ।

कृष्ण सिटौला पक्षले पनि एउटा मन्त्रालय पाउने भएको छ । यो समूहबाट गगन थापा र भीमसेनदास प्रधानमध्ये १ मन्त्री बन्नेछन् । कुन मन्त्रालय प्राप्त हुन्छ त्यसका आधारमा सिटौलो पक्षाको मन्त्री को हुने भन्ने निर्णय हुने बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर