newskoseli.Com

‘तिम्राे सरकार ढालाैं, मेराे बनाउन सहयाेग गर’

सत्तागठबन्धनका दुई वामपन्थी दलबीचको खटपटसँगै नयाँ सरकार गठनको सरगर्मी बढेको छ । कांग्रेसले प्रचण्डलाई सरकारको नेतृत्व गर्न आग्रह गरेको अवस्थामा नयाँ सरकारकाे विषयमा बहस चलिरहेको हाे ।

एमाओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरे पनि एमालेसँगको सहकार्य नतोड्ने बताएको छ । उसले राष्ट्रिय स्वाधीनताको संरक्षण,संघीयतासहित संविधान कार्यान्वयन, शान्ति प्रक्रियाका बाँकी काम र राजनीतिक मुद्दा व्यवस्थापनका लागि राष्ट्रिय सहमतिको सरकार बनाउन एमालेलगायतका दलहरुलाई पनि अपिल गरेको छ ।

आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन लिखित रुपमै सहमति जनाउन एमाअाेवादीले एमालेलाई अनुरोध गरेको छ । बुधबार साँझ अध्यक्ष प्रचण्ड निवासमा बसेको एमाओवादी स्थायी समितिको बैठकपछि एमाओवादी शीर्ष नेताहरु बालुवाटार पुगी त्यस्तो प्रस्ताव राखेका हुन् । तर, आफ्नै नेतृत्वको सरकार ढल्नासाथ अर्को सरकारमा सहयोगी बन्न एमाले तयार हुने सम्भावना कम छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएकाे छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर