newskoseli.Com

सरकारसमक्ष नयाँ शक्तिको ज्ञापनपत्र

नयाँ शक्ति पार्टी नेपालले जनताका दैनिक जीवनसँग सम्बन्धित समस्या समाधान गर्न तथा विभिन्न क्षेत्र, पक्ष, समुदायहरुबाट उठेका हकअधिकारसम्बन्धी जायज माग तुरुन्त सम्बोधनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

पार्टीको केन्द्रीय कार्यालय बबरमहलबाट सहसंयोजक रामचन्द्र झा र दुर्गा सोबको नेतृत्वमा गएको टोलीले कार्यबाहक प्रधानमन्त्री एवं उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा मधेसी, जनजाति, थारु आदि समुदायको असन्तुष्टिलाई संविधानले संबोधन गर्न नसकेको जनाउँदै ती सबै समुदायको जायज मागको सम्बोधन गरी संविधान कार्यान्वयनतर्फ अग्रसर हुनुपर्ने जनाइएको छ ।

नयाँ शक्तिले देशका जल्दाबल्दा समस्याहरुलाई राजनीतिक पक्ष, आर्थिक सामाजिक पक्ष, भूकम्पपीडितलाई राहत तथा पुननिर्माण–नवनिर्माण, विकास निर्माणतर्फ, राष्ट्रियता सम्बन्धमा, शान्तिप्रक्रियासँग सम्बन्धित र समसामयिक सवालहरुअन्तर्गत राखेर विस्तृत ज्ञापनपत्र बुझाएको हो ।

नयाँ शक्तिले आन्दोलनरत दलहरुको माग सम्बोधन गर्न एक सर्वपक्षीय राजनीतिक संयन्त्र तत्काल गठन गर्न माग गरेको छ । २०७४ माघ ७ अगावै स्थानीय तह, प्रादेशिक व्यवस्थापिका र संघीय संसदको चुनाव सम्पन्न गर्न सरकारको तर्पmबाट गम्भीरता र कार्यतत्परता देखाउनुपर्ने माग गरेको छ ।

ज्ञापनपत्रमा संविधान संशोधनमार्फत पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्न, पहिचानका पाँच र सामाथ्र्यका चार साथै समानुपातिक र समावेशीताका आधारमा स्थानीय तहको पुनर्संरचना गर्न समेत माग गरिएको छ ।

आर्थिक विकास र समृद्धिका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन ठोस कार्ययोजना निर्माण गरी काम गर्न सरकारसँग माग गरेको छ । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना र राष्ट्रिय गौरबका आयोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन पनि माग नयाँ शक्तिले माग गरेको छ ।

सार्वजनिक यातायातलाई व्यवस्थित र सुरक्षित बनाउँदै बजारमा व्याप्त कालोबजारी र महंगी नियन्त्रण गर्न देशभर स्पेशल टाक्स फोर्स ‘एसटीएफ’ बनाउन र महिला, दलित, बालबालिका, यौनिक तथा लैंगिक अल्पसंख्यकमाथि भइरहेको हिंसा मानवअकिार बिरुद्धको गम्भीर अपराध भएकोले तत्काल यसको अन्त्य गर्न कठोर कदम चाल्नस सो पार्टीले सरकारसमक्ष माग गरेको छ ।

यसैबीच नयाँ शक्ति काठमाडौंले पनि प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझाउनुअघि अनामनगरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले जनताका दैनिकीसँग सम्बन्धित आफ्ना मागहरुलाई तुरुन्त पूरा नगरे आफूहरु अझ सशक्त आन्दोलनमा उत्रिने बताए ।

नयाँ शक्तिले आइतबार ७५ वटै जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर