newskoseli.Com

राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री ओलीको सम्बोधन

प्रधानमन्त्री खड्गप्रसाद ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई बिहीबार सम्बोधन गरेका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर अमेरिका (न्युयोर्क) मा रहेका प्रधानमन्त्री ओलीले स्थानीय समयअनुसार बिहीबार साँझ ५ः३० बजे महासभामा सम्बोधन गरेका हुन् ।

महासभालाई सम्बोधन गर्दै राष्ट्रसङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा विश्व शान्ति र सुरक्षामा आफ्नो योगदान थप वृद्धि गर्न नेपाल तयार रहेको उनले बताए । सम्बोधनका क्रममा कसैलाई पनि पछाडि नपारी वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको उन्नतिका लागि एकजुट हुन विश्वसमुदायलाई उनले आह्वान गरे ।

सशस्त्र द्वन्द्वपछि नेपालको शान्ति स्थापना प्रयासका आरोह–अवरोहको चचाए गर्दै आफू नेतृत्वको सरकारले हालै मात्र सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संसदबाट पारित गराएको प्रधानमन्त्री ओलीले महासभामा सुनाए । इजरायल–प्यालेस्टाइन द्वन्द्व दुई मुलुकबीचको शान्तिपूर्ण संवादबाट समाधान हुनुपर्नेमा उनले जोड दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर